शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

फरार दुई अभियुक्त पक्राउ

बिहिवार , श्रावण १९, २०७९

सिन्धुली – जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्तलाई पक्राउ गरेको छ । सिन्धुली जिल्ला अदालतले लागु औषध मुद्दामा संलग्न भएको पुष्ठी गर्दै २०७८।०९।१४ गतेको (लगत नं. १६१६ ) फैसलाले निज उपर १० महिना ९ दिन कैद सुनाएसँगै फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनु भयो ।

बुधवार जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट सादा पोसाकमा खटिएको प्रहरी फरार रहेको सिन्धुली गोजन्जोर गा.पा. ३ घर भई हाल कमलामाई न.पा. १३ बस्ने बर्ष ६३ कि टिकामाया भन्ने टिकाकुमारी ठकुरीलाई खोजतलास गर्ने क्रममा कमलामाई न.पा.१३ रुचानि एरीयामा सार्बजनिक बाटोमा हिड्दै गरेको अबस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित सिन्धुली जिल्ला अदालतमा पेश गरिएको लामाले बताउनु भयो ।

यसै विच चोरी मुद्वमा ३५ दिने पक्राउपुर्जि जारी भई हाल सम्म फरार रहेको जिल्ला सर्लाहि चन्द्रपुर गा.पा. ७ बस्ने बर्ष ४५ को भरोसा सिहंलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहि एरीयामा सार्बजनिक बाटोमा हिड्दै गरेको अबस्थामा फेला पारी पक्राउ परी जिल्ला प्रहरी कार्यालय . सर्लाहिले यस जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बुझाएकोमा थप अनुसन्धान तथा कार्बाहिको लागी सम्मानित सिन्धुली जिल्ला अदालतमा पेश गरिएको लामाले बताउनु भयो ।

प्रतिक्रिया