सिन्धुली –मरिण गाउँपालिका विद्यार्थीको साहरा बनेको छ । गाउँपालिकाको शैक्षिक सुधार कार्यक्रम लगाएत विद्यार्थीलाई सहज तरिकारले विद्यालय सम्म पुग्ने विभिन्न कार्यक्रममार्फत गाउँपालिका विद्यार्थीको सहारा बनेको हो ।
विद्यार्थीलाई विद्यालय सम्म पुग्नका लागि गाउँपालिकाले स्कुल बस, छात्राका लागि साइकल सहयोग गरिरहेको छ । बुधबार गाउँपालिकाले वडा नम्बर ४ मा रहेको मावि खयर साल विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । टाढा टाढा देखि विद्यार्थी विद्यालय सम्म आउन धेरै समस्या भएकाले मावि खयर साललाई बस हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताउनुभयो । उहाँका अनुसार बस हस्तान्तरण गरेसँगै विद्यार्थी सहज तरिकाले विद्यालय आउन पाउने छन् । “नक्कली भालुमारा देखि विद्यार्थीहरु विहान ७ बजेनै हिड्दै आएको देखिन्छ, विहान ७ बजे नै खाना खाएर ८ बजेको बसमा कोचियर विद्यार्थी विद्यालय आइरहेको देखिन्छ । अब यो सबै समस्या समाधान हुने छ ,” उहाँले भन्नुभयो ।
गाउँपालिकाले हरेक वर्ष शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गदै आएको अध्यक्ष मोक्तानले बताउनुभयो । “हामीले हरेक वर्ष शिक्षा क्षेत्रलाई प्राथमितामा राखेर काम गरिरहेका छौँ, यो वर्ष पनि शिक्षा क्षेत्रलाई प्राथमिता दिएका छौँ । गाउँपालिकाको शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम राखेका छौँ ।” उहाँले भन्नुभयो । कक्षा ११ मा भर्ना हुने छात्रालाई साइकल वितरण गर्ने कार्यक्रम रहेको भन्दै उहाँले विद्यार्थीलाई सहज तरिकाले विद्यालय पुग्ने वातावरण गाउँपालकाले बनाई रहेको बताउनुभयो । आर्थिक वर्ष २०७८/७९ को बजेट २६ लाख ४२ हजार रकमको बस खरिद गरिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीले बताउनुभयो । “गत वर्षको बजेटबाट बस खरिद गरेका हौँ, गाडि पास गर्ने लगायत विभिन्न कारणले ढिलाई भएको हो ,” उहाँले भन्नुभयो ।
मरिण गाउँपालिका विद्यार्थीको सहारा बनेको भन्दै मरिण गाउँपालिका ४ मावि खएर सालका प्रधानध्यापक राम बाबु थापाले धन्यवाद दिनुभएको छ । उहाँले विद्यार्थीलाई सहज तरिकाले विद्यालय आउनका लागि गाउँपालिकाले विद्यालयलाई बस हस्तान्तरण गरेको भन्दै खुसि व्यक्त गर्नुभयो । “टाढाबाट पढ्न आउने विद्यार्थीलाई सजिलो हुने भएको छ । हाम्रो विद्यालयमा धेरै टाढा देखि अध्ययन गर्न विद्यार्थी आउँछन् । उनीहलाई सहज भयो ,” उहाँले भन्नुभयो । मावि खयर सालमा हाल ८ सय विद्यार्थी अध्ययनरत छन् ।