शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुुलीमा फरार सुब्बा पक्राउ

बिहिवार , श्रावण १९, २०७९

सिन्धुली – सिन्धुलीमा बन पैदावार मुद्धामा फरार रहेका सुब्बा मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बनपैदावार मुद्दामा फरार रहेका कमलामाई नगरपालिका ६ का ४२ वर्षिय सुब्बा मोक्तानलाई पक्राउ गरेको हो ।मोक्तानलाई सिन्धुली जिल्ला अदालत सिन्धुलीबाट ०७८ मंसिर २१ गतेको (लगत नं. १५६५ ) फैसलाले आठ दिन कैद सजाय तोकेको थियो ।

सजाय तोकिसकेपनि हाल सम्म फरार रहेको मोक्तानलाई खोजतलास गर्ने क्रममा कमलामाई नगरपालिका ६ बुधबारे बजार क्षेत्रमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया