शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

एसईई नतिजाः सिन्धुली एकेडेमि जिल्लाकै उत्कृष्ट

सोमवार , श्रावण १६, २०७९

सिन्धुली– सिन्धुलीमा एउटै विद्यालयका पाँच विद्यार्थीले जिल्लाकै सर्वोत्कृष्ठ नतिजा ल्याएका छन् । जिल्लाको कमलामाई नगरपालिका ४ स्थित मिलनचोक मा रहेको सिन्धुली एकेडेमिका पाँच विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लाकै उत्कृष्ठ नतिजा ल्याउन सफल भएका हुन् ।

जिल्लाभर एसईईमा सहभागी १३४ विद्यालय मध्य दुईवटा विद्यालयका सातजना विद्यार्थीले सर्वोत्कृष्ट जिपिए ल्याएका छन् । जसमध्ये पाँचजना सिन्धुली एकेडेमीका विद्यार्थी रहेको शिक्षा समन्वय इकाई परिक्षा तथा कार्यक्रम शाखाले जनाएको छ । उक्त विद्यालयका आर्यन देवकोटा, दर्शन देवकोटा, दिक्पल पाण्डे, सुशिला दाहाल र श्वेता ढकालले ३.९ जिपिए ल्याएका छन् । त्यस्तै, जनता माध्यमकि विद्यालयकि वर्षा बम्जन र विद्याश्रम विद्यालयकि रुबिना चौलागाईले पनि सोहि ग्रेड ल्याउदैँ जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

त्यस्तै, जिल्लामै दोश्रो उत्कृष्ठ जिपिए ३.८५ रहेको छ । उक्त ग्रेड तीनवटा विद्यालयका सातजना विद्यार्थीले प्राप्त गरेका छन् । ३.८५ जिपिए ल्याउनेमा सिन्धुली एकेडेमिका तीनजना विद्यार्थी रहेको छन् भने जनता विद्यालयका दुई र लिटल फ्लावर विद्यालयका एकजना रहेका छन् ।सिन्धुली एकेडेमीबाट २४ जना एसईईमा सहभागि भएकोमा २० जनाले ए प्लस (३.६–४ जिपिए), तीन जनाले ए (३.२–३.६) र एकजनाले बि ग्रेड ल्याएको शिक्षक प्रशान्त ढकालले जानकारी दिनुभयो ।

जिल्लामा १ सय ५५ जना साधारण तर्फबाट विद्यार्थीहरुले ३.६१ माथि जिपिए ल्याएर एप्लस ग्रेडमा उर्तिण भएका छन् । यस्तैप्राविधिक तर्फ एप्लस ल्याउने तीन जना रहेका छन् । यस्तै ३.२० देखि ३.६० सम्म जिपिए ल्याएर ए ग्रेडमा ३ सय ५८ जना साधारण तर्फका विद्यार्थी उर्तिण भएका छन् । भने २९ जना प्राविधिक तर्फका विद्यार्थी रहेका छन्। परिक्षा तथा कार्यक्रम शाखा प्रमुख भुजेलका अनुसार बि प्लस ग्रेडमा ४ सय ६२ जना विद्यार्थीले २.४१ देखि ३.१९ सम्म जिपिए पाएका छन् । यसमा प्राविधिक तर्फ ७६ जना रहेका छन् ।

यस्तै बि ग्रेडमा ११ सय ९८ जना साधारण तर्फ र ९८ जना प्राविधिक तर्फका विद्यार्थी उर्तिण भएका छन् । यसैगरि सी प्लसमा १७२२ जना साधारण तर्फ र १० जना प्राविधिक तर्फका विद्यार्थीहरु जिल्लाबाट उर्तिण भएका छन्। यस्तै सी ग्रेडमा ९ सय ६७ जना, डि प्लसमा २७४ जना डि ग्रेडमा २० जना र ई ग्रेडमा शुन्य रहेको कार्यक्रम शाखा प्रमुख भुजेको भनाई छ ।

सामुदायिक विद्यालयमा ३.७५ जिपिए सहित ए प्लस ल्याउने दुई वटा विद्यालय रहेको शिक्षा समन्वय इकाले जनाएको छ । जिल्लाको सदरमुकाम कमलामाई नगरपालिका ६ मा रहेको गौमती माध्यमिक विद्यालय र गोलञ्जोर गाँउपालिकामा रहेको जनज्योती मावि खुर्कोटका दुई जना विद्यार्थीले ३.७५ जिपिए ल्याएका छन् ।

यस वर्ष एसइई परिक्षामा ५ हजार ३ सय ४८ जना साधारणतर्फबाट र १ सय ७६ जना प्राविधिकतर्फ गरी ५ हजार ५ सय २४ जना सहभागि भएकोमा रिजल्ट आउदा १ सय ९२ जनाको अनुपस्थिति आएको कार्यालयले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया