शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सुनकोसी–मरिण डाईभर्सन : मजदुरद्वारा सेवा सुविधा माग गर्दै काम ठप्प

सोमवार , श्रावण १६, २०७९

सिन्धुली, – राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यि आयोजनाको सुरुङ मार्ग निर्माणमा संलग्न मजदुरहरुले थप सेवा सुविधा माग गर्दै काम ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

कमलामाई नगरपालिका–२ कुसुमटारमा सुरुङ मार्गको प्रवेशद्वार निर्माणमा संलग्न छ सयभन्दा बढी मजदुरहरु चिनिया कम्पनीका कर्मचारीले मजदुरमाथि लात्तिले हिर्काएर दुव्र्यवहार गरेको भन्दै दुई दिनदेखि आन्दोलनमा उत्रिएका छन् ।

मजदुरहरुले सुरुङ मार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)को कार्यालयलाई जिल्ला दर रेट अनुसारको ज्याला पाउनु पर्ने, कामदारमाथिको अभद्र व्यवहार रोक्नु पर्ने, ओभर टाइमको रकम डेढी हुनुपर्ने, बिदाको दिनको हाजिर पाउनु पर्ने, रात्रिकालीन कामको भत्ताको व्यवस्था हुनु पर्ने, काममा विभेद हुनु नहुने, पुरानो कामदार हुँदाहुँदै नयाँ राख्न नपाउने, मजदुरलाई शुद्ध खानेपानीको व्यवस्था, दिउँसो खाजा खाने समय दिनुपर्ने, प्राथमिक उपचार र दुर्घटना बिमाको व्यवस्था हुनुपर्ने लगायत १२ सुत्रिय माग बुझाएका छन् ।

सुरुङ मार्गको प्रवेशद्वार निर्माणमा संलग्न कमलामाई नगरपालिका–१ निवासी मजदुर सुब्बासिं घिसिङले हालै चिनिया कम्पनिका कर्मचारी स्याउले काम गरि रहेको मजदुरलाई पछाडीबाट चाकमा लात्तिले हिर्काएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘कति बज्यो भनेर उस्ले समय हेर्न खल्तिबाट मोबाईल मात्र निकालेको थियो । सिसि क्यामरामा हेरेर स्कुटीम आई लात्तिले र्हिकाएर गयो ।’

‘गल्ति गरेको भए बरु उस्लाई कामबाटै निकालि दिएको भए हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘काम दारलाई अपमान होईन । मान र ईज्जत हुनु प¥यो । हाम्रै ठाँउमा नेपाल सरकारको लगानीमा भएको काममा मजदुरले पेलान सहनु पर्ने, बिदेशी नागरिकको लात्ति खानु पर्ने, उनीहरुको हेपाई सहनु पर्ने ।’

उहाँका अनुसार अहिले सुख्खा आठ घण्टा काम गरेबापत अर्धदक्ष मजदुरले दैनिक ५८० र दक्ष मजदुरले ७५० रुपिया पाएका छन् । जिल्ला दररेटमा अर्धदक्ष मजदुरको ज्याला आठ सय रुपिया र दक्ष मजदुरको ज्याला एक हजार रुपिया रहेको छ । यस अघि पनि गत पुस महिनामा मजदुरहरुले सेवा सुविधा बिस्तारको माग गर्दै आन्दोलन गरेका थिए ।

त्यती बेला आयोजनामा कार्यरत मजदुरले सुरुङ प्रवेश मार्गको काम थालनी भएपछि जिल्ला दर रेट अनुसारको ज्याला दिने सहमति भए पनि अहिले ५० मिटर सुरुङ तयार भएर थप सुरुङ खन्नका लागि टीबीएम मेसिन जडान भइरहँदा पनि कुनै सम्बोधन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको जनाएका छन् । माग पुरा नभएसम्म काम ठप्प बनाएर आन्दोलनमा उत्रने मजदुरको भनाई छ ।

मजदुरले माग सुनुवाईका लागि शनिबार चिनिया कम्पनिका कर्मचारीलाई बेचिङ प्लान्टको कार्यालयमा तालाबन्दि गरी थुनेका थिए । पछि प्रहरीले ताला फोरेर ती कर्मचारीलाई बाहिर निकालेको छ ।

सुनकोशी मरिण डाइभर्सनमा काम गर्दै आएका एक जना लेबरले अहिले दैनिक ८ घण्टा समय काम गरे बापत सुख्खा ५८० रुपैया पाउदै आएको अर्का मजदुर प्रकास अधिकारीले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला दर रेट अनुसार पनि ज्याला नपाएपछि आफु र परिवार पालिन पनि नपुग्ने भयो । हामीलाई अहिले जिल्ला दररेट भन्दा कम पैसा दिएको छ । एउटा लेबरले सुख्खा ५८० कमाएर खाना खादा, अन्य खर्च हुन्छ त्यो कटाउँदा कति नै बस्छ र ?’

चिनियाँ कम्पनी कोभेकले भने केन्द्रिय सरकारको दर रेट अनुसार मजदुरलाई ज्याला दिदै आएको जनाएको छ । कम्पनीका जनसम्पर्क अधिकृत जनक बिकले मजदुरहरुलाई दैनिक ज्यालादारीमा नभई मासिक ज्यालादारीमा काममा लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक जना मजदुरको पारिश्रमीक मासिक न्युनतम १५ हजार रुपिया हुनु पर्छ भन्ने नेपाल सरकारको माप दण्ड छ । ५८० रुपियामा काम गर्ने मजदुरले काम नगरेको दिनको बोनस सहित गर्दा मासिक १७ हजार रुपिया भन्दा बढी पुग्छ ।’

मजदुरले उठाएका अधिकांस माग कम्पनीले पुरा गर्दै आएको र जिल्ला दर रेट अनुसारको ज्याला तथा रात्रिकालीन कामको भत्ता डेढी गर्न नसकिने उहाँले बताउनुभयो । आन्दोलनरत मजदुरले उठाएको मागको बिषयमा नेपाल टे«ड युनियन काँग्रेस सिन्धुलीले पनि चिनिया कम्पनिका कर्मचारीलाई भेटेर ध्यानाकर्षण गराएको छ ।

टे«ड युनियन काँग्रेस सिन्धुलीका अध्यक्ष श्यामहरी अधिकारीले मजदुरले उठाएका जायज माग अबिलम्ब पुरा गरिनु पर्ने र मजदुरको श्रम शोषण हुनु नहुने बताउनुभयो ।

यता सुनकोसी–मरिण डाईभर्सन आयोजनाका प्रमुख मित्र बरालले पहिलो चरणमा मजदुरहरु र चिनिया कम्पनि बिच छलफल गरी निकास खोजीनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरु बीच छलफल हुदा निकास निस्किएन भने आयोजनाले अग्रसरता लिन्छौं ।

सरकारले सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपियामा उक्त कम्पनीलाई दिएको छ ।

आयोजनाका अनुसार निर्माण कार्य गत आर्थिक बर्ष ०७७÷०७८ बाट सुरु भई आर्थिक बर्ष ०८२÷०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ । सुनकोशी नदीमा १२ मिटर उचाईको बाँध निर्माण गरी सुनकोसी नदीको पानी १३ दशमलब तीन किलोमिटर लामो सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । त्यहाँ ६६ मिटर हेटडबाट पानी झारेर ३१ मेघावाट विद्युत उत्पादन गरिने छ ।

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका जिल्लामा बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पु¥याउने छ । आयोजना निर्माण गर्न कूल ४६ अर्ब १९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया