सिन्धुली – दक्षिण कोरियाको छिन्जु विश्व विद्यालय र नेपालको गोलन्जोर गाउँपालिका बिच सम्झौता भएको छ । शनिबार दक्षिण कोरियाको छिन्जु विश्व विद्यालय र गोलञ्जोर गाउँपालिकाको शैक्षिक तथा प्राविधिक गतिविधि आदनप्रदान गर्ने उद्देश्यले सम्झौता भएको हो ।

छिन्जु विश्वविद्यालय दक्षिण कोरियाका प्राध्यापक एबं कोरियन पाठ्यक्रम बिकास बिज्ञ सदस्य प्रोफेसरLUPIC, CUE, South Korea Project Manager Youngki Hong PhD सँग शनिबार गोलन्जोर गाउँपालिकाको अध्यक्ष संकर बरालले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । छिन्चु विश्वविद्यालयले शिक्षक र विद्यार्थी सँग शैक्षिक अनुभव आदानप्रदान साथै तालिम तथा शैक्षिक सामाग्री समेत सहयोग गर्ने अध्यक्ष बरालले बताउनुभयो । सम्झौताले गोलन्जोर गाउँपालिकाको शैक्षिक विकासमा सहयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।