शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा गोली चल्यो, दुईजना पक्राउ

शनिवार , श्रावण १४, २०७९

सिन्धुली– सिन्धुलीको तिनपाटन गाउँपालिकामा गएराति गोली चलेको छ । शुक्रबार राती ९ बजेको समयमा तिनपाटन १० स्थित लाम्पानटार बहुमुखि क्याम्पसमा गोली चलेको हो । गोली चलेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त जानकारी पाएपछि तत्काल खोजीकार्यमा खटिएको सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज लामाले जानकारी बताउनुभयो ।

प्रहरीले गोली चलाएको आरोपमा आज बिहान २ बजे दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनपाटन ११ का राजु धमला र सर्लाहीका एकजना छन् । धमलालेनै गोली पड्काएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको श्रोतले बतायो । धमला नशामै रहेकोले अनुसन्धानले पुर्णता नपाएको जिल्ला प्रहरी कार्यालय ।ि उनीहरुबाट हतियार भने बरामद नभएको प्रवक्ता लामाले बताउनुभयो । धमलाले किन गोली चलाए त्यो भने खुल्न सकेको छैन । थप अनुसन्धान भइरहेको डिएसपि लामाले जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया