शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा सार्वजनिक सवारी साधनलाई डस्विन वितरण

शनिवार , श्रावण १४, २०७९

सिन्धुली, – निजामती कर्मचारी संगठन सिन्धुलीले शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा सार्वजनिक सवारी साधनलाई डस्विन वितरण गरेको छ । शनिवार बिहान बिपी राजमार्गमा गुड्ने सवारी साधनलाई डस्विन वितरण गरेको हो ।

निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदमबहादुर मगरको अध्यक्षता तथा केन्द्रीय सदय पुरुषोत्तम दाहालको प्रमुख आतिथ्ययतामा २० वटा सार्वजनिक सवारी साधनमा डस्विन वितरण गरिएको संगठनका जिल्ला अध्यक्ष मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य पुरुषोत्तम दाहालले संगठनको लामो प्रयास पछि नेपालको व्यवस्था परिवर्तनको आन्दोलनमा सरिक भएर आफ्नो ज्यानको आहुति दिने शहीद मनोज–झपेन्द्र–सुरेन्द्रलाई २०७४ सालमा राष्ट्रिय शहीद घोषणा गरेको बताउनुभयो । संगठनले स्मृति दिवसको अवसरमा डस्विन वितरण कार्यक्रमले सुन्दर बिपी राजमार्गलाई स्वच्छ र सफा राख्न सन्देश दिएको बताउनुभयो ।

आधिकारीक कर्मचारी ट्रेड युनियनसिन्धुलीका अध्यक्ष तिलकबहादुर कार्कीले निजामती कर्मचारी संगठनले स्थापना दिवस, स्मृति दिवसमा रचनात्मक र सामाजिक क्षेत्रमा हरेक वर्ष काम गर्दै आएको बताउनु भयो । संगठनले बिपी राजमार्गमा गुड्ने सवारी साधनलाई सवारी साधनबाट निस्कने फोहोरलाई सडकमा नफाली डस्विनमा राखी फोहोर व्यवस्थापनमा सहयोग गर्न अनुरोध सहित डस्विन वितरण गरेकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका इन्चार्ज जेजंग कार्कीले यस्ता जनचेतनामूलक कार्यक्रमले यात्रुमा अनुशासनको पालना बृद्धि भई राजमार्ग स्वच्छ र सफा रहने बताउनुभयो । राजमार्ग भएर यात्रा गर्ने यात्री र सवारी चालकलाई अनुशासनको पालना गर्न अनुरोध गर्नुभयो । डस्विन वितरण कार्यक्रमको सञ्चालन संगठनका सचिव डिल्ली सौगात घिमिरेले गर्नु भएको थियो ।

प्रतिक्रिया