शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सुनकोशी मरिण डाईभर्सनको निर्माण कार्य रोकियो, मजदुर आन्दोलित

शुक्रवार , श्रावण १३, २०७९

सिन्धुली– राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको निर्माण कार्य रोकिएको छ । शुक्रबार बिहानदेखिनै आयोजनामा काम गर्दै आएका मजदुरहरु आन्दोलित भएपछि निर्माण कार्य ठप्प भएको हो । जिल्ला दर रेट भन्दा कम पारिश्रमिक पाएकोले विरोध गर्दै शुक्रबारबाट निर्माण कार्य रोकिएको छ ।

आयोजना निमार्णको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले जिल्ला दर रेट भन्दा कम पारिश्रमिक दिएकाले विरोध गदैँ मजदुरले सम्पूर्ण काम अनिश्चित समयको लागि ठप्प गरेका छन् । मजदुरहरूले आयोजनाले दिएको तलब सेवा सुविधा अत्यन्तै न्यून रहकाले उक्त तलबले आफू र परिवार धान्न कठिन भएको भन्दै जिल्ला दररेट अनुसार पारिश्रमिक दिन माग गरेका छन् । आफुहरुको माग पुरा नभए सम्म आयोजनाको सम्पूर्ण काम बन्द गरिने उनीहरुको अडान छ । सुनकोशी मरिण डाइभर्सनमा काम गर्दै आएका मजदुरले अहिले ८ घण्टा समय काम गरे बापत दैनिक सुख्खा ५ सय ८० रुपैयाँ र मिस्त्रीले सात सय ३५ रुपैयाँका दरले पाउँदै आएका एक मजदुरले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया