शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा झण्डै ढेड अर्ब रकम फ्रिज

शुक्रवार , श्रावण १३, २०७९

सिन्धुली – सिन्धुलीमा झण्डै ढेड अर्ब रकम फ्रिज भएको छ । आर्थिक वर्ष ०७८÷७९ मा जिल्लामा १ अर्ब ४२ करोड १ लाख ४६ हजार ९ सय ७ रुपैया रकम फ्रिज भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार जिल्लामा संघीय सरकारको बजेटबाट ८० करोड २० लाख ४९ हजार ८ सय ५१ रुपैया र प्रदेश सरकारको बजेटबाट ६३ करोड ८० लाख ९७ हजार ५६ रुपैया फ्रिज भएको हो ।

आर्थिक वर्ष ०७८÷७९ मा संघिय कार्यालयहरु मार्फत सिन्धुली जिल्लामा चालुतर्फ ७ अर्ब ६० करोड ४५ लाख ११ हजार र पूँजीगत तर्फ २ अर्ब ६३ करोड ७७ लाख ८९ हजार बजेट विनियोजन भएको थियो । सोमध्य चालुतर्फ ७ अर्व ६ करोड ४९ लाख ७ हजार ४ सय ४१ रुपैया र पूँजीगत तर्फ २ अर्ब ३७ करोड ५३ लाख ४३ हजार ५ सय ३२ रुपैया खर्च भएको छ । संघिय बजेटको चालुतर्फबाट ९२.९ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख हिरालाल भण्डारीले बताउनु भयो । उहाँका अनुसार संघिय सरकारको पूँजीगत तर्फ ९०.०५ प्रतिशत खर्च भएको छ ।

प्रदेश सरकारको चालुतर्फ १ अर्ब ५१ करोड ५४ लाख ८१ हजार बजेट विनियोजन भएको थियो जसमा ८९ करोड ६७ लाख ६२ हजार ४ सय दुई रुपैया खर्च भएको छ । यो ८०.३९ प्रतिशत खर्च हो । यस्तै पूजीगत तर्फ १ अर्ब ७८ करोड ८७ लाख २५ हजार बजेट विनियोजन भएकोमा १ अर्ब २६ करोड ९३ लाख ८६ हजार ५ सय ४२ रुपैया मात्र खर्च भएको छ । यो ७६.५५ प्रतिशत खर्च हो ।

जिल्लामा जम्मा संघ र प्रदेशबाट १३ अर्ब १४ करोड ६५ लाख ६ हजार ८ सय २४ रुपैया रकम विनियोजन भएको थियो । जसमा ११ अर्ब ७० करोड ६३ लाख ५९ हजार ९ सय १७ रुपैया मात्र खर्च भएको छ । जम्मा ८९.०४ प्रतिशत खर्च भएको प्रमुख भण्डारीले बताउनु भयो ।

यस्तै आर्थिक वर्ष ०७८÷७९ मा संघीय तर्फ जिल्लामा ७३ करोड ९६ लाख ७७ हजार ६ सय ५५ रुपैया ७५ पैसा राजश्व संकलन भएको छ । प्रदेश तर्फ १५ करोड ३४ लाख ३३ हजार ५ सय ८४ राजश्व संकलन भएको छ ।

जिल्लामा गत आर्थिक वर्ष ०७७÷७८ मा जिल्लामा १ अर्ब १९ करोड ९० लाख १५ हजार रकम फ्रिज भएको छ । संघीय सरकारको बजेटबाट ७२ करोड २९ लाख ५८ हजार र प्रदेश सरकारको ४७ करोड ६० लाख ५७ हजार फ्रिज भएको हो । आर्थिक वर्ष ०७७÷७८ मा संघिय कार्यालयहरु मार्फत सिन्धुली जिल्लामा चालुतर्फ ७ अर्ब ६१ करोड ६१ लाख ६१ हजार र पूँजीगत तर्फ ८१ करोड ४३ लाख ७९ हजार बजेट विनियोजन भएको थियो । सोमध्य चालुतर्फ ६ अर्व ९७ करोड २६ लाख ६८ हजार र पूँजीगत तर्फ ७३ करोड ४९ लाख १४ हजार खर्च भएको थियो । संघिय बजेटको चालुतर्फबाट ९१.५५ प्रतिशत खर्च भएको थियो । संघिय सरकारको पूँजीगत तर्फ ९०.२४ प्रतिशत खर्च भएको थियो ।

यस्तै प्रदेशको चालुतर्फ १ अर्ब ९ करोृड ३७ लाख ५८ हजार बजेट विनियोजन भएको थियो । जसमा खर्च ७५ करोड ७३ लाख ६३ हजार खर्च भएको छ । यो ६७.२४ प्रतिशत खर्च हो । पूँजीगत तर्फ १ अर्ब ८ करोड ४५ लाख ४१ हजार बजेट विनियोजन भएको थियो । जसमा खर्च ९४ करोड ४८ लाख ७९ हजार खर्च भएको छ । यो ७७.१२ प्रतिशत खर्च हो । आर्थिक वर्ष ०७७÷७८ मा संघीय तर्फ जिल्लामा ५० करोड २८ लाख १५ हजार राजश्व संकलन भएको थियो ।

प्रतिक्रिया