सिन्धुली – बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) किरण बज्राचार्यले पछिल्लो समय प्रविधि चुनौतीपूर्ण बन्दै गएको बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको निरिक्षण गर्न बिहिबार सिन्धुली आउनु भएको बज्राचार्यले जिल्ला प्रहरी कार्यालय परिसरम आयोजिता समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला स्थित बिभिन्न स्थानिय तहका जनप्रतिनिधी, बिभिन्न निकायका पदाधिकारी,संघ–संस्था,नागरिक समाज,मानव अधिकारकर्मी,महिला संजाल र सञ्चारकर्मी सँगको अन्तरक्रिया कार्यक्रमा उहाँले प्रविधिमा नेपाल प्रहरीले पनि क्षमता अभिबृद्धि गर्दै लैजानुपर्ने अवस्था आएको बताउनु भयो ।
नायव महानिरीक्षक बज्राचार्यले रानीबारी हत्या काण्ड सर्बोच्च अदालतका न्यायधिशको हत्या काण्ड जस्ता अपराधमा संलग्न अपराधिहरुलाई प्रहरीले समाएर कानुनी कारवाहीमा ल्याएको उदाहरण दिदै अपराधि उम्कन नसक्नेमा ढुक्क हुन आग्रह गर्नु भयो । अपराधि कहिँ कतै लुक्न नसक्ने भन्दै जुनसुकै समयमा समातिने उहाँको भनाई छ ।
नायव महानिरीक्षक बज्राचार्यल मिटर ब्याजी धन्दा चलाउने प्रहरीका विशेष निगरानीमा रहेको बताउनु भयो । मिटर ब्याजी र गुणगर्दी नियन्त्रण प्रहरीको पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनु भयो । गुण्डागर्दी नियन्त्रणमा प्रहरीले प्राथमिकताका साथ लागेको भन्दै होटल रेष्टुरेन्ट तथा मिटरब्याजी गरेर गुण्डागर्दी गर्ने प्रहरीको निगरानीमा नायव महानिरीक्षक बज्राचार्यको भनाई थियो ।
नायव महानिरीक्षक बज्राचार्यले जुनसुकै घट्ना घट्नेवित्तिकै तत्काल प्रहरी पुग्छ भन्ने अभाष दिने गरि प्रहरीले काम गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई निर्देशन दिनु भयो ।
उहाँले यौनजन्य र महिला तथा बालबालिका सहित जेष्ठ नागरिकका मुद्दालाई प्राथमिकतामा राख्न समेर्त निर्देशन दिनु भयो । प्राकृतिक स्रोतको अवबैध दोहन, लागूऔषध नियन्त्रण लगायतका क्षेत्रमा प्रहरीले विशेष निगरानी राख्ने उहाँको भनाई छ ।
सिन्धुलीमा गत स्थानीय तहको निर्वाचन ऐतिहासिक रुपमै शान्तीपुर्ण र सभ्यरुपमा सम्पन्न भएको उहाँको भनाई थियो । प्रहरी संगठनले प्रहरी प्रशासनलाईनै चुस्त दुरुस्त बनाउने विषय समेत प्राथमिकतामा राखेको उहाँले जानकारी दिनु भयो । प्रहरीको प्रस्तुतीसहित घट्नास्थलमा तत्कालै पुग्नेगरी नागरिकको गुनासो सुनुवाई हुनुपर्ने उहाँको भनाई छ ।
मदिरा सेवन गरि समाजमा अशान्ति गर्ने र विकृति फैलाउनेलाई प्रहरीले विशेष निगरानी गरि कारवाही गर्ने नायव महानिरीक्षक बज्राचार्यले बताउनु भयो । समुदाय प्रहरी साझेदार कार्यक्रम गरि प्रहरीले लागुऔषध दुव्र्यसनी, साइबर क्राइम, टाफिक व्यवस्थापन र महिला बालबालिकाका विषयमा फोकस गरेर समुदाय प्रहरी साझेदार कार्यक्रम भइरहेको नायव महानिरीक्षक बज्राचार्यले जानकारी दिनु भयो । पुलिस टिचर कार्यक्रम सञ्चालन गरि प्रहरीले तयार गरेको पाठ्यक्रम विभिन्न विद्यालयमा लागु गरि प्रहरी शिक्षक भएर विद्यार्थीलाई जनचेतनामुलक शिक्षा दिन लागेको समेत उहाँले बताउनु भयो ।