सिन्धुली,– सिन्धुलीको कमलामाई नगरपालिकाको बुधबारको कार्यपालिका बैठक नेकपा (एमाले) समर्थित सदस्यले जनतालाई ढाड सेक्ने गरी निकासी कर लगाउन नपाउदा बहिष्कार गरेर हिडेका छन् ।
नगर दर रेट, निकासी कर लगायतका एजेण्डामा निर्णय गर्नका बोलाएको नगर कार्यपालिकाको १२० औं बैठकमा नेकपा (एमाले)का सदस्यले निकासी कर कर लगाउनु पर्ने माग राख्दा कुरा नमिलेपछि बहिष्कार गरेर हिडेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार २५ सदस्य कार्यपालिका बोर्डमा उपमेयर सहित १६ जना सदस्य नेकपा (एमाले)का छन् भने मेयरसहित छ जना सदस्य नेपाली काँग्रेसका र दुई जना सदस्य नेकपा (माओवादी केन्द्र)का रहेका छन् ।
बैठकको सुरुमा नै निकासी करको एजेण्डामा छलफल सुरु गर्दा उक्त कर जनतालाई लगाउनु पर्छ भन्दै कुरा नमिलेपछि एमाले समर्थित कार्यपालिकाका सदस्य बैठक बहिष्कार गरेर हिड्दा बैठक स्थगित भएको मेयर उपेन्द्र पोखरेलले पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “कानुनमा नै व्यवस्था नभएको कुरा बाहिर गएर मैले उक्त कर लगाउन सकिदैन भनेपछि उहाँहरु बैठक बहिष्कार गरेर हिड्नु भयो । जनतालाई सेवा र सुविधा दिने हो, बहुमतको नाममा कर माथि कर थोपर्ने होईन ।”
आफु मेयरमा निर्बाचित भएर आउनु अघि कमलामाई नगरपालिकाले जनताले फलाएको एक मुठो सागमा, एक मुठि गुन्द्रुकमा, एक मुठो लसुनमा र एउटा कुखुराको भालेमा समेत निकासी कर लिदै आएको उहाँको भनाई थियो । मेयर पोखरेलका अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अघि २०७५ साल असोज १८ गते नै सबै नगरपालिकालाई राजमार्गमा ढाट राखेर निकासी कर नलिन पत्राचार भई सकेको अवस्था छ ।
उहाँले भन्नुभयो, “मैले निकासी कर हटाउन खोजेको हुँ । बहुमतको नाममा साथिहरुले बैठक बहिष्कार गरी स्थगित भएको छ । त्यसले जनतालाई दिने सेवा, सुविधा र विकास निर्माणका सबै कुरा अबरुद्ध भएको छ । नगर प्रमुखको हैसियतले म कानुन विपरित हुने सबै कार्यमा एक्लो हुदा पनि सधै उभिने छु ।”
निकासी कर लगाउन कमलामाई नगरपालिकाको राजपत्र भाग–१ मा पनि व्यवस्था नभएको, राजश्व परामर्श समितिले पनि सिफारिस नगरेको, कनपाको आर्थिक ऐनमा पनि व्यवस्था नभएको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि व्यवस्था नभएको उहाँले जानकारी गराउनुभयो ।
हिजोको दिनमा विभिन्न पत्रपत्रिकामा मेयरलाई विभिन्न लान्छना लगाएर समाचार आएको र ती समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको मेयर पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सत्य, तथ्य र बास्तविकतालाई बुझेर कानुन सम्मत समाचार लेख्न र प्रकासित गर्न आग्रह गर्दछु ।”
बैठक बहिष्कार गरेर जाने साथिहरुलाई पनि भोलिका दिनमा आम जनताको चाहना पुरा गर्न, ओठमा हाँसो ल्याउन र विकास निर्माणमा जनताको पँहुच पु¥याउने हो भने नगरपालिकालाई कानुन सम्मत तरिकाले सहमति, सहकार्य र एकता हिसाबले अघि बढाउन सधै आफु तयार रहेको पनि मेयर पोखरेलको भनाई थियो ।
यता बैठक बहिष्कार गरेर हिडेका नेकपा एमाले समर्थित १५ जना कार्यपालिका सदस्यले संयुक्त बिज्ञप्ती जारी गर्दै असार २९ गतेको कार्यपालिका बैठकले ६० लाख एक हजारमा निकासी कर लगाउने निर्णय गरेको र यसअघि भएका