सिन्धुली– नेपाल सरकारले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वडामै पाएपछि सिन्धुलीको मरिण गाउँपालिकाका लाभग्राही खुशी भएका छन् । गाउँपालिकाले वडा नं १ मा खलंगास्थित वडा कार्यालयबाटै भत्ता वितरण गरेपछि लाभग्राही जनप्रतिनिधिप्रति सन्तुष्ट देखिएका हुन् ।
शिखर डाँडाबाट सामाजिक सुरक्षा भत्ता लिन आउनुभएका ७५ वर्षिया शेरमान तामाङले वडाबाटै भत्ता पाएपछि जनप्रतिनिधिलाई धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभयो, ‘भत्ता लिन ६ नम्बर वडा पुग्नुपथ्र्यो । अब वडामै भत्ता आएको छ, सरकार घरघरमै आएको जस्तो लागिरहेको छ ।’ विगतमा भत्ता लिन जाँदा टाढाको बाटो भएकाले शरिर दुख्ने र पैसा पनि खर्च हुने गरेको तामाङले सम्झनुभयो । उहाँले बैंकमा लाईनमा बस्नुपर्दा खाजा, खानाको पनि टुंगो नहुने गरेको बताउनुभयो । तामाङ जस्तै हरि पुलामी पनि वडाबाटै भत्ता लिन पाउँदा खुशी हुनुभएको छ । शारिरिक अपांगता भएका पुलामीले वडाबाटै सुविधा पाउँदा स्थानिय सरकारले नागरिकको समस्या बुझेको तर्क गर्नुभयो ।
पुलामी र तामाङ जस्तै अन्य एक सय एक जनाले सोमबार खलंगास्थित वडा नं १ को कार्यालयबाट सामाजिक सुरक्षा भत्ता पाएका छन् । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय कपिलाकोटको सहकार्य र मरिण गाउँपालिकाको आयोजनामा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो । भत्ता वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात’ र उपाध्यक्ष बिमला माझि स्वयं उपस्थित हुनुहुन्थ्यो । त्यस्तै, कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत ओम दर्जि, वाणिज्य बैंककको कर्मचारि बिकास लगायतको उपस्थिति रहेको थियो ।
वडामै भत्ता वितरण गर्ने कुरा त आफ्नो चुनावी प्रतिबद्धता नै रहेको गाउँपालिका अध्यक्ष प्रख्यातले बताउनुभयो । उहाँले विगतमा जस्तो सामाजिक सुरक्षा भत्ता लिन बैंकनै पुग्नुपर्ने बाध्यता हटेको बताउनुभयो । वृद्धवृद्धा, असहाय, अपांगता भएका व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता लिनकै लागि दिनभर हिँड्नुपर्ने अवस्था रहेकोले वडामै भत्ता पु¥याउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
