शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

गोलन्जोर गाउँपालिकाको कार्यालयमा लगाएको ताला खोलियो

सोमवार , श्रावण ९, २०७९

सिन्धुली – गोलन्जोर गाउँपालिकाको कार्यालयमा लगाएको ताला खोलिएको छ । सोमबार आन्दोलकर्मी र गाउँपालिका अध्यक्ष बिच विभिन्न निर्णय गरी सहमति भएपछि कार्यालयको ताला खोलि प्रशासनिक काम सुरु भएको हो ।

गाउँपालिकाले तिन दिन भित्र गाउँपालिकाको बैठक बस्ने, गाउँपालिकाको कर्मचारी व्यवस्थापनको सम्बन्धमा पाँच सदस्य जनप्रतिनिधिको कार्यदल गठन गर्ने, कर्मचारी व्यवस्थापन कार्यदलको प्रतिवेदन सात दिनभित्र तयार गर्ने, उक्त प्रतिवेदन कार्यदलबाट पेस भएको भोलिपल्ट कार्यापालिकामा पुनः बैठक बसि सो सम्बन्धमा आवश्यक निर्णय गरिने सर्तमा सहमति भएको गाउँपालिकाले जनाएको छ ।

विविध गैरकानुनी र अबैधानिक निर्णय सच्याई संविधान र स्थानिय सरकार सञ्चालन ऐन र कानुन बमोजिम स्थानिय सरकार चल्नुपर्ने र राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई हटाएको भन्दै काँग्रेस सम्बद्ध जनप्रतिनिधि र नेपाली काँग्रेस गोलञ्जोर गाँउपालिकाले विरोध गर्दै गाउँपालिकाको कार्यालयमा ताला समेत लगाएको थियो । आइतबार प्रहरीले कार्यालयको ताला खोल्ने प्रयास गर्दा आन्दोलनमा सहभागि र प्रहरीबिच झडप भएको थियो ।

प्रतिक्रिया