शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

पेचिलो बन्दै गोलन्जोर गाउँपालिकाको करार कर्मचारीको म्याद थपको मुद्दा

सोमवार , श्रावण ९, २०७९

सिन्धुली – गोलन्जोर गाउँपालिकामा विभिन्न माग गदै विरोध गरेका प्रदर्शनकारी र प्रहरीविचको झडपमा कार्यपालिका सदस्य राजकुमार माझी घाइते हुनुभएकोे छ । गोलन्जोर गाउँकार्यपालिका सदस्य माझिको टाउँकोमा चोट लागेको नेपाली काँग्रेस गोलञ्जोर गाँउपालिका सभापति मोतिराज सापकोटाले जानकारी दिनुभयो । झडपमा प्रहरी साथै केही प्रदर्शनकारी घाइते भएका छन् ।

विविध गैरकानुनी र अबैधानिक निर्णय सच्याई संविधान र स्थानिय सरकार सञ्चालन ऐन र कानुन बमोजिम स्थानिय सरकार चल्नुपर्ने माग गर्दै काँग्रेस सम्बद्ध जनप्रतिनिधि र नेपाली काँग्रेस गोलञ्जोर गाँउपालिकाले एक हप्ता देखि गाउँकार्यपालिकामा धर्ना बसि विरोध गरिरहेको छ । साथै राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई हटाएको भन्दैे दैनिक आन्दोलन समेत गरिरहेको छ ।

एक हप्तादेखि सेवा ठप्प भएसँगै बिहिबारबाट गाँउपालिका कार्यालयमा ताला लागेपछि आइतबार प्रहरीले ताला खोल्ने प्रयास गर्दा आन्दोलनमा सहभागि र प्रहरीबिच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्त प्रहरी नायव उपरिक्षक मनोजकुमार लामाले ताला खोल्ने प्रयास हुँदा गाँउपालिका भवनको चेनगेटले सामान्य चोट लागेको जानकारी दिनुभयो । बार्ता र छलफलबाट सहमती हुनु अगावै प्रहरीले ताला खोलेपछि सामान्य झडप भएको र पुनः ताला लगाएको स्थानियले बताएका छन् । सामान्य झडप पछि प्रदर्शनकारीले पुनः प्रवेशद्वारमा अर्को ताला लगाएर धर्नाको कार्यक्रमलाई निरन्तरता दिइरहेको प्रदर्शनकारी तथा नेपाली काँग्रेस गोलन्जोर गाउँपालिका वडा नम्बर –५ का वडा कार्यसमितीका सभापती हरिशरण बस्नेतले बताउनुभयो ।

आफुहरुका माग सम्बोधनको लागी अध्यक्ष सहितको सर्वपक्षिय बैठक बस्दा पनि कुनै निष्कर्ष ननिस्किएपछि बिहीवारदेखि ताला लगाईएको गोलन्जोर गाउँपालिका –२ का वडाअध्यक्ष दौलत कार्कीले बताउनुभयो ।

गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट नेकपा एमालेका शंकर बराल अध्यक्षमा र नेकपा माओवादी केन्द्रका ज्वालाप्रसाद न्यौपाने उपाध्यक्षमा निर्वाचित भएसँगै निवर्तमान गाँउपालिका अध्यक्ष पुष्पबहादुर कार्कीको पालामा नियुक्ति भएका २५ जना करार सेवामा कार्यरत कर्मचारीलाई गाँउपालिकाले हटाउने निर्णय गरेको थियो ।

साउन १ गतेदेखि गाँउपालिका कार्यालयमा कर्मचारी जनप्रतिनिधि कोहि प्रबेशनै नगरेको र सबै सेवा प्रभावित भएको स्थानियको भनाई छ । बार्ता र छलफलबाट तत्काल समस्याको समाधान गर्नुपर्नेमा अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतनै कार्यालयमा नआएको सापकोटाले बताउनुभयो ।

गाँउपालिका अध्यक्ष शंकर बरालले विधि विधान अनुसारनै गाँउपालिकाले करारका केही कर्मचारी हटाउने निर्णय गरेको बताउनुभयो । उहाँले जिल्ला तहबाटै बार्ता र छलफल गरेर समस्याको समाधान खोज्ने बताउनुभयो । गाँउपालिकामा १ गतेदेखिनै सबै सेवा अवरुद्ध भएको स्विकार गर्दै समस्याको समाधान गर्न आफु लागि परिरहेको उहाँको भनाइ छ ।

गाउँपालिकामा विवाद समाधान नभएपछि गाउँपालिकाका अध्यक्ष शंकर बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्र पोखरेल लगाएत काँग्रेसका नेताहरु समक्ष छलफल गर्न आइतबार सदरमुकाम आउनु भएको थियो । तर, काँग्रेस सभापति उपेद्र पोखरेल नेपाल नगरपालिका संघको कार्यक्रममा भाग लिन काठमाडौँ जानु भएकोले भेट नभएको गाउँपालिका अध्यक्ष बरालले बताउनु भयो । काँग्रेस सभापतिले आज(मंगलवार)को लागि समय उपलब्ध गराउने जनाएपछि सोमबारका लागि छलफल गर्ने बताइएको छ ।

करार अवधिका लागि भर्ना गरिएका अधिकांश कर्मचारीले राम्रोसँग कार्यसम्पादन नगरेको भन्दै गोलन्जोर गाउँपालिकाले २५ जना करारका कर्मचाको म्याद थप गरेको छैन । यी बाहेक अन्य ५७ जना करार कर्मचारीको भने गाउँपालिकाले करार अवधिको लागि पुनः म्याद थप गरेको छ ।

सँग भेट नभएको गाउँपालिका अध्यक्ष बरालले बताए । कांग्रेस सभापतिले भोलिको लागि समय उपलब्ध गराउने जनाएपछि सोमबारका लागि छलफल गर्ने बताइएको छ ।

करार अवधिका लागि भर्ना गरिएका अधिकांश कर्मचारीले राम्रोसँग कार्यसम्पादन नगरेको भन्दै गोलन्जोर गाउँपालिकाले २५ जना करारका कर्मचाको म्याद थप गरेको छैन । यी बाहेक अन्य ५७ जना करार कर्मचारीको भने गाउँपालिकाले करार अवधिको लागि पुनः म्याद थप गरेको छ ।

प्रतिक्रिया