शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा घरेलु हिसांका १ सय ३ वटा निवेदन दर्ता

शनिवार , श्रावण ७, २०७९

सिन्धुली – कमलामाई नगरपालिका ४ राएडिकी सविनाले (नाम परिर्वतन) गत चैतमा श्रीमानले कुटपिट गरेको भन्दै प्रहरी कार्यालयमा निवेदन दिनुभयो । निवेदन दिएको केहि समयपछि प्रहरीले सविनालाई र उहाँको श्रीमानलाई छलफलको लागि बोलायो । छलफलमा दुवै जनासहित उनीहरुको आफ्न्त पनि उपस्थित भए । श्रीमानले मादक पदार्थ सेवन गरेर दिनरात कुटपिट गर्ने गरेको सविनाले बताउनुभयो । प्रहरीले सविनाको श्रीमानलाई कुटपिट गर्नुको कारण सोध्यो । उसले आफ्नो गल्ति स्वीकारदै आगामी दिनमा त्यस्तो गल्ति नगर्ने भन्दै श्रीमतीलाई फकाउन थाल्यो । सविनाले पनि श्रीमानको गल्तिलाई माफि दिनुभयो । प्रहरी कार्यालयबाट दुवै जना हास्दै घर फर्किए ।

गत बैशाखमा कमलामाई नगरपालिका ४ कै उषाले (नाम परिर्वतन) श्रीमानले कुटपिट गरेको भन्दै प्रहरीमा निवेदन दिनुभयो । निवेदन दिएको केहि दिनमा प्रहरीले उषा र उहाँको श्रीमानलाई छलफलका लागि बोलायो । छलफलका लागि बोलाएको समयमा उषाको श्रीमान भने आएनन् । उक्त समयमा उषा मात्रै प्रहरी कार्यालयमा उपस्थिति हुनुभयो । श्रीमान नआएको कारण उषा पनि घरफर्किनुभयो । उषाले प्रहरीमा निवेदन दिएको कुरा श्रीमानले थाहा पाएछन् । प्रहरीमा आफु विरुद्ध निवेदन दिएको भन्दै श्रीमानले कुटपिट गरेको उषा गुनासो गर्नुहुन्छ । “प्रहरी कार्यालयबाट फर्किएपछि राति घरमा धेरै कुटपिट भयो । घरको परिवारले पनि उजूरी गर्नेभन्दै गालि गरे । त्यसपछि मलाई घरबाहिर निस्कन निषेध समेत गरे, ” उहाँले भन्नुभयो ।

चार दिनपछि भागेर माइति पुग्नुभएको उषा फेरि प्रहरी कार्यालयमा पुग्नुभयो । न्याय माग्दै प्रहरी कार्यालय पुग्नुभएको उषाले श्रीमानलाई पक्राउ नै गर्न पुर्न निवेदन दिनुभयो । प्रहरीले बारम्बार उषाको श्रीमानलाई खबर गर्दा समेत उपस्थित नभएपछि उनलाई घरबाटै नियन्त्रणमा लिइ कार्यालयमा ल्याइयो । उषा उहाँको श्रीमान र परिवार समेत प्रहरी कार्यालय आए । प्रहरीले दुवै पक्षलाई राखेर छलफल गरायो । श्रीमान र परिवारले उषालाई स्वीकार गरेनन् । त्यसपछि सम्बन्ध विच्छेत नै गर्ने निर्णय भयो । प्रहरीले पनि उनीहरुलाई अदालत पठायो ।

योत प्रतिनिधि प्रात्र मात्र हो सिन्धुलीमा घरेलु हिसां बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा घरेलु हिसां बढ्दै गएको प्रहरीको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७८÷७९ मा १ सय ३ वटा निवेदन आएको थियो । ति मध्ये ७५ वटा मिलापत्र भएको छ । १२ वटा अदालतमा गएको र १३ वटा सम्र्पकमै नआएको प्रहरीले उल्लेख गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा ६४ वटा घरेलु हिसांका निवेदन आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । ति मध्ये ४५ वटा मिलापत्र भएका छन् । एउटा अदालत गएको छ भने ४ वटा सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया