शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका प्रदेश सांसद एवं पुर्वस्वास्थ्यमन्त्री सिंहदरबार धाउदैँ

शुक्रवार , श्रावण ६, २०७९

सिन्धुली– सिन्धुलीको प्रदेश क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद एवं बागमती प्रदेशका पुर्वस्वास्थ्यमन्त्री प्रदिप कटुवाल पछिल्लो केहि दिन यता सिंहदरबार धाइरहनुभएको छ । उहाँ सिन्धुलीमाढी–चकमके सडकखण्डमा देखिएको विवादको समाधान खोज्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालय धाइरहनुभएको छ ।

जिल्लाको सदरमुकाम सिन्धुलीमाढीबाट तिनपाटनको सदरमुकाम लाम्पानटार, चकमके जोड्ने सडकखण्डको निर्माणमा प्रादेशिक सडक डिभिजन कार्यालय र डिभिजन वन कार्यालयबिच समन्वय नहुँदा उक्त सडकखण्ड अलपत्र अवस्थामा रहेको छ । सिन्धुलीमाढी–चकमके सडकखण्ड अन्तर्गत सिन्धुलीमाढी–जिर्गा सडकखण्डको सात किलोमिटर सडक अलपत्र अवस्थामा छ । सरकारी निकायबिचको समन्वयको अभावका कारण उक्त सडकखण्ड निर्माण हुन नसकेपछि प्रदेश सांसद कटुवालले समस्या समाधानकोलागि अग्रसरता देखाउनुभएको हो । उहाँले शुक्रबार सडक विभागको महानिर्देशक अर्जुनजंग थापा, भौतिक मन्त्रालयका सचिब लगायत वनका कर्मचारीलाई भेटेर समस्याको समाधान खोज्न अनुरोध गर्नुभएको छ । मन्त्रालयका कर्मचारीसँग सकारात्मक कुराकानि भएको र उक्त सडकखण्डको काम छिट्टै शुरु हुने कटुवालले बताउनुभयो ।

सिन्धुलीमाढीदेखि जिर्गासम्म १४ किलोमिटर रहेकोमा सात किलोमिटर सडक वन क्षेत्रमा रहेको छ । उक्त सडकखण्डको ट्रयाक खोलेपनि ग्रयाभेल लगायत अन्य काम हुन सकेको छैन । सो सकडखण्डको निर्माण आशिष÷डिएस जेभी कम्पनिले लिएको छ ।

सिन्धुलीमाढी–चकमके सडकखण्ड अन्तर्गत कमलमाई नगरपालिका १२ स्थित तीनतलेको बुदुनामा सडकको अवस्था दयनिय रहेको सिन्धुली–चकमके रुटमा विगत चार वर्षदेखि बस हाक्दै आउनुभएको संजीव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,‘उक्त ठाउँमा गाडी पल्टेला जस्तो हुन्छ ।’ सडक निर्माणमा दुई सरकारी निकायबिच समन्वयको अभावले यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया