शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा लागुऔषध सहित ६५ जना पक्राउ

शुक्रवार , श्रावण ६, २०७९

सिन्धुली – गत असार १७ गते प्रहरीले चेकजाँचको क्रममा सिन्धुलीको विभिन्न ठाउँबाट लागुऔषध सहित तिनजनाई पक्राउ ग¥यो । ईलाका प्रहरी प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलिले कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित बि.पि.राजमार्गमा सवारी साधन, यात्रुलाई चेकजाँच गर्ने क्रममा मोरङबाट काठमाडौं तर्फ जाँदै गरेको हाईसमा सवार काभ्रे खानिखोला गाउँपालिका २ का २५ वर्षिय कृष्ण थापालाई लागुऔधष सहित पक्राउ गरेको थियो ।

थापाले बोकेको रातो रङगको भिर्नि झोला चेकजाँच गर्दा उक्त झोला भित्र पाईलट चुरोटको खालि बट्टामा प्लास्टिकले पोका पारी टेपले बेरी ल्याएको अबस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको थियो । उक्त लागुऔषध (पदार्थ) तौल गर्दा ७ ग्राम १३५ मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । थापालाई लागु औधष सहित पक्राउ गरि थप अनुसन्धान भइरहेको छ ।

सोहि दिन हरिहरपुरगढी गाउँपालिका ३ गुरुजी स्थितमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी टोलीले सवारीसाधन रोकी चेकजाँच गर्ने क्रममा मोटसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको लागुऔषध सहित दुइ जनालाई पक्राउ गरेको छ । लागुऔषध सहित हेटौडाबाट सिन्धुली तर्फ आउँदै गरेको ना. ४६ प १३३० नम्बरको मोटसाइकल चालक हेटौडा उपमहानगरपालिका १६ हटियाका २५ वर्षिय अनिल कुमार नगरकोटी र पछाडि सवार रौतहट चन्दपुर नगरपालिका ९ सिन्दुरेका ३५ वर्षिय नबराज विकलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

मोटसाइकलको दायाँ पट्टीको लुकिङ ग्लासको रबर भित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखिएको अवस्थामा ३.१३० ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र सोहि मोटसाइकल पछाडी सवार विकको पर्स भित्र राखेको पुकारको खोलमा लुकाई छिपाई राखेको अवस्थामा ०.२७० मिलि ग्राम ब्राउन सुगर जस्तो पदार्थ फेला प्रहरीले जनाएको छ । दुवै जनालाई लागुऔषध मोटसाइकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई जिल्ला अदालत सिन्धुलीमा पेश गरी सात दिनको म्याद लिई अबश्यक थप अनुसन्धान भईरहेको प्र.ना.उ लामाले जानकारी दिनुभयो ।

यस्तै, असार १८ गते ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको प्रहरी टोलिले कमलामाई नगरपालिका ९ भिमान चेकपोष्ट स्थित बि.पि.राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिराटनगरबाट काठमाण्डौ तर्फ आउँदै गरेको हाईसमा सवार मोरङ रामथान गाउँपालिका १ का २३ वर्षिय रोशन कुमार भगतलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

भगतले बोकेको कालो रङको भिर्नि झोलाको भित्रि गोजिमा सेतो प्लास्टिकमा पोका पारी ऋइँँभ्भ् चकलेटको खालि खोल भित्र लुकाई छिपाई ल्याएको ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ तौल गर्दा अन्दाजी २६० मिलिग्राम, नियन्त्रित लागु औषध जस्तो देखिने Nitrazepam Tablets–२ पिस र NITRAVET 10 लेखिएको ४ पत्तामा १८ पिस ट्याब्लेट सहितको लागुऔषध फेला परेको छ । लागुऔषध सहित भगतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई जिल्ला अदालत सिन्धुलीमा पेश गरी सात दिनको म्याद लिई अबश्यक थप अनुसन्धान भईरहेको प्र.ना.उ लामाले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो समय प्रहरीले लागुऔधष विक्रेता तथा प्रयोगकर्तालाई धमाधम पक्राउ गरिरहेको छ ।

कति पक्राउ परे ?

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागुऔषध सहित एक वर्षको अवधिमा ६५ जनालाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ६५ जना लागुऔषध विक्रेता र प्रयोगकर्तालाई पक्राउ गरेको हो । एक वर्षको अवधिमा ४९वटा लागुऔषधका मुद्धा दर्ता भएका छन् । गत वर्ष लागुऔषध सहित ६० जना पक्राउ परेका थिए ।

यस्तै एक वर्षको अवधिमा जिल्लामा ३ सय ६९ ग्राम ५७ मिलिग्राम ब्राउनसुगर, १५ सय ४१ केजि ४२१ ग्राम गाजाँ, २ हजार ३ सय ४४ टिटि, १० हजार ९ सय ७५ ट्याबलेट, २ सय २१ बोतल झोल पदार्थ प्रहरीले बरामद गरेको छ । गत वर्ष ब्राउनसुगर ३ सय ४९ ग्राम ४सय ४० मिलिग्राम, गाजा १ सय ४३ किलो, टिटि ४ हजार ६८, झोल २ सय ३४ बोतल र ट्याबलेट २ हजार १ सय ६ बरामद गरेको थियो ।

प्रतिक्रिया