सिन्धुली – लामो समय देखि कोरोना संक्रमणदर शुन्य रहेको सिन्धुलीमा संक्रमणदर बढ्न थालेको छ । गत आईतबार २ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधबार १ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार एन्टीजेन्ट बिधिबाट १६ जनाको स्वाव परिक्षण गर्दा एक जना महिलामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा हाल सम्म कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ८ सय ७ पुगेको भने ३ हजार ८ सय २ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै, जिल्लामा हाल होम आईसोलेसनमा १ जना महिला र ४ जना पुरुष गरि जम्मा ५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार कारोनाको कारण ४५ जनाको ज्यान गुमाएका छन् ।
थप ४३५ जनामा सङ्क्रमण पुष्टि
पछिल्लो समय ४३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५६९ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५३७ रहेका छन् । विगत २४ घण्टामा ५६ जना सङ्क्रमणमुक्त भएका छन् । काठमाडौँ जिल्लामा ५०० बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । आठ जिल्लामा शून्य सङ्क्रमित रहेका छन् ।
हाल होम आइसोलेशनमा दुई हजार ३९६, संस्थागत आइसोलेशनमा १४१ र सघन उपचार कक्ष (आइसियु)मा १९ जना उपचार भइरहेको छ ।