शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको घ्याङलेखमा करारका कर्मचारीको म्याद थप नगर्न माग

बिहिवार , श्रावण ५, २०७९

सिन्धुली, ५ साउन - नेकपा माओवादी केन्द र अन्य दल निकट विभिन्न ६ संगठनहरुले करारका कर्मचारीको अवधि थप नगर्न माग गर्दै घ्याङलेख गाउँपालिकामा बिहीवार ज्ञापन पत्र बुझाएका छन् ।

सिन्धुलीका विभिन्न पालिकाहरुमा करारका कर्मचारीको अवधी थप गर्ने वा नगर्ने भन्ने विवाद चर्की रहेका बेला वाइसीएल नेपाल, प्रेस सेन्टर नेपाल, अखिल क्रान्तिकारी, अखिल नेपाल खेलकुद महासंघ, युवा महासंघ, अखिल महिला संगठन र अनेरास्ववियू –क्रान्तिकारीले यस अघिको सरकारले आफु खुसी भर्ना गरेका कर्मचारीहरुको अवधि थप नगर्न माग राख्दै घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष संकरमान घलानलाई ज्ञापन पत्र बुझाएका हुन् ।

यस अघिको सरकारले राजनीतिक पहुँचको आधारमा बिना सूचना बिना प्रतिस्पर्धा नियुक्ति गरेका कर्मचारीहरुलाई हटाई खुल्ला प्रतिस्पर्धाका आधारमा नयाँ कर्मचारी करारमा भर्ना गर्नुपर्ने संगठनहरुले माग गरेका छन् ।

गाउँपालिकाका माथिल्लो तहका कर्मचारीहरुको मिलोमतोमा मनोमानी ढंगले तल्लो तहका लागि नियुक्त गरिएका कर्मचारीलाई माथिल्लो तहको जिम्मेवारी दिईएकाले त्यस्त कर्मचारीलाई हटाउनपर्ने लगाएतका माग संगठनहरुले राखेका छन् ।

ज्ञापनपत्र

उपरोक्त सम्बन्धमा यस घ्याङलेख गाउँपालिकाले मिति २०७९÷०३÷२३ गते सार्वजनिक गरिएको सूचना अनुसार यस गाउँपालिकामा विभिन्न मितिमा करार (ज्यालादारी समेत) सम्झौता गरी कार्यरत रहेका कर्मचारीहरुको करार सम्झौता मिति २०७९ असार मसान्तसम्म रहेको र आर्थिक वर्ष २०७९ श्रावण १ गते पश्चात आवश्यकता र औचित्यताको आधारमा करार अवधि थप गर्ने सम्बन्धमा यस घ्याङलेख गाउँपालिकाको सूचना अनुसार उक्त सूचनालाई मध्यनजर गर्दै यस घ्याङलेख भित्र रहेका विभिन्न संघ संगठनमा आवद्ध भएका÷नभएका युवापंक्ति लगायत समस्त स्थानीय जनताहरुको ध्यानाकर्षण भएको छ ।

यहि विषयलाई लिएर मिति २०७९÷०३÷३० गते स्थानीय युवाहरुको सक्रियतामा सामुहिक छलफल पश्चात् एक संयुक्त विज्ञप्ति सार्वजनिक गरिएको कुरा सर्वविधित नै छ । यसै विषयलाई पुनः गम्भीरता पुर्वक छलफल गर्दा यस आर्थिक वर्ष २०७९ बाट यस घ्याङलेख गाउँपालिका अन्तर्गतका विभिन्न शाखा तथा वडाहरुमा करार सम्झौताका कर्मचारीहरुलाई देहाय बमोजिम नियुक्त गर्न गराउन भनी घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन समक्ष सार्वजनिक गरिएको विज्ञप्ति सहित यो ज्ञापनपत्र पेस गर्दछौं ।

१. यस घ्याङलेख गाउँपालिकामा गएको ५ वर्षे कार्यकालमा राजनीतिक पहुँचको आधारमा बिना सूचना बिना प्रतिस्पर्धा नियुक्ति भएका र हालसम्म सोही तहमा कार्यरत करार अवधि समाप्त भएका सबै कर्मचारीहरुलाई निष्कासन गरी पुनः स्वच्छ खुल्ला प्रतिस्पर्धा मार्फत नियुक्ति गर्नुपर्ने,

२. कुनै एउटा तहको लागि भनेर नियुक्ति गरिएका कर्मचारीहरुलाई राजनीतिक पहुँच र माथिल्लो तहको कर्मचारीहरुको मिलेमतोमा बिना सूचना मनोमानी माथिल्लो कुनै तहमा नियुक्ति (कामकाजमा हेरफेर) गरिएका कर्मचारीहरूलाई पुनः प्रतिस्पर्धा नगराउने र नियुक्ति गर्न नमिल्ने गरी स्वतः खारेज गर्नुपर्ने,

३. यो ज्ञापनपत्र पेस गरेको मिति पश्चात् कुनैपनि रिक्त रहेको पदपूर्ति गर्नुपरेमा अनिवार्य रुपमा सूचना प्रकाशन गरेर स्वच्छ खुल्ला प्रतिस्पर्धा मार्फत प्रतिस्पर्धीको दक्षता, योग्यता, क्षमता र कार्य अनुभवको आधारमा अति आवश्यकता मात्रामा कर्मचारी नियुक्ति गर्नुपर्ने,

४. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक र्आिर्थक वर्षको अन्त्यमा करार अवधि समाप्त भएका कर्मचारीहरुलाई कार्य सम्पादन, आवश्यकता र औचित्यताको आधारमा नियुक्ति गर्नुपर्ने,

५. सरकारले प्रदान गरेको सेवा सुविधा बाहेक गत ५ वर्षे कार्यकालमा कार्यपालिकाले स्वीकृत गरेको कर्मचारीहरुको कोठाभाडा, स्थानीय भत्ता लगायत जस्ता अनावश्यक सेवा सुविधा तुरुन्तै खारेज गरी मनलागि उक्त सेवा सुविधा उपभोग गरेका कर्मचारीहरुलाई कारबाही स्वरुप हालसम्म उपभोग गरिएका कोठाभाडा र स्थानीय भत्ता फिर्ता गराउनुपर्ने,

६. माथी उल्लेखित मागहरूलाई चाँडो भन्दा चाँडो सम्बोधन गरी यही मिति २०७९÷०४÷०९ गते हुन गईरहेको कार्यपालिकाको बैठक मार्फत यथाशीघ्र कार्यन्वयन गरी तत्काल कर्मचारी व्यवस्थापन गर्नुपर्ने,

नोटः– स्थानीय सरकार र कर्मचारीहरुको मनपरि गतिविधि र अकर्मण्यता विरुद्ध हामी युवाहरुको सक्रियतामा जुनसुकै बेला पनि जुनसुकै माध्यम बाट भौतिक उपस्थिति वा अभौतिक रुपमा खबरदारी गर्नेछौं । तसर्थ यस्तो गतिविधि हुन नदिन र सचेत रहन सबैमा सचेत गर्दछौं ।

प्रतिक्रिया