शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा बस दुर्घटना, ४ जना घाइते

बुधवार , श्रावण ४, २०७९

सिन्धुली – सिन्धुलीमा बस दुर्घटना हुर्दा ४ जना घाइते भएका छन् । भिमानबाट सिन्धुलीमाढी आउँदै गरेको ना ४ ख ७७३ नम्बरको बस बिपि राजमार्ग स्थित कमलामाई नगरपालिका- ७ फिटिङ्ग पुल नजिकै बुधवार राती दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस आफै अनियन्त्रीत सडकबाट अन्दाजी १५ फिट तल खसेको थियो । घाइते तिन जनाको सिन्धुली अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भइसकेका छन् भने एक जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाइतेलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । बसमा जम्मा चालक सहित ४ जनामा मात्र सवार रहेका थिए ।

प्रतिक्रिया