शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली प्रहरीले हराएको मोटरसाईकल फेला पारी धनिलाई बुझायो

बुधवार , श्रावण ४, २०७९

सिन्धुली – सिन्धुली प्रहरीले हराएको मोटरसाईकल फेलापारी सम्बन्धित धनिलाई बुझाएको छ । असार ३२ गते शनिवार दिउसों.१२;२० बजेको समयमा ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको प्रहरी गस्ती टोलीले सिन्धुली कमलामाई नग।पालिकान.वडा न. ८ करकरे स्थितमा बागमती प्रदेश ०२–०३३ प.८६११ नं.को मोटरसाईकल झाडीमा बेवारिसे अवस्था फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीमा प्रहरीले हराएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ । ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको प्रहरी गस्ती टोलीले बागमती प्रदेश ०२–०३३ प.८६११ नं.को मोटरसाईकल क.न.पा. ८ करकरे स्थित झाडीमा बेवारिसे अवस्था फेला पारी गत शनिवार कार्यालय ल्याई राखेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उक्त मोटर साईकलको धनी खोजतलासी गर्ने क्रममा मोरङको उर्लाबारी नगरपालिका वडा न.६ घर भई हाल कागेश्वरी मनोहरा न.पा.वडा न.९ गोठाटार बस्ने रिजन निरौलाले मोटरसाईकलको आवश्यक कागजात सहित कार्यालयमा उपस्थित भएका थिए । उक्त मोटरसाईकलको कागजपत्र चेक जाँच गरि गत सोमबार निरौलालाई मोटरसाईकल बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया