सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिकाको आधिकारीक वेभसाइट अपडेट हुन थालेको छ । गत असार ३२ गते सिन्धुली सौगात पत्रिकामा ‘अपडेट हुदैँन फिक्कल गाउँपालिकाको वेभसाइट’ शिर्षकमा समाचार प्रकाशन भएपछि समाचारको प्रभाव देखिएको छ ।
गाउँपालिकाको वेभसाइट https://phikkalmun.gov.np/ मा आर्थिक वर्ष २०७९/०८० नीति, कार्यक्रम तथा बजेट, जनप्रतिनिधि र कर्मचारीको अद्यावधिक विवरण, वडा कार्यालयको फोटो सहित ६ वटा नै वडाको जनसंख्या, भुगोल र संक्षिप्त परिचय, वडा सचिबको सम्पर्क नम्बर, महालेखापरीक्षक कार्यालयको प्रतिबेदन लगायत अन्य महत्वपुर्ण जानकारी अपडेट गरिएको छ ।
गाउँपालिकाले सूचना अपडेट गर्न कञ्जुस्यार्इँ गरेको गुनासो आएपछि सिन्धुली सौगातले स्थानियको गुनासोलाई समाचार बनाएको थियो । फिक्कलको वेबसाइटमा अझै सुधार आवश्यक रहेको काठमाडौँमा आईटिकै क्षेत्रमै काम गर्दै आउनुभएको विनोद भट्टराईले बताउनुभयो । उहाँले अझैपनि नमुना फारामहरु अपडेट नभएकको र फेसबुकको लिंक लगायत नागरिकले जानकारी लिनैपर्ने सूचनाहरु अपडेट नभएकाले आवश्यक सुधार गर्दै अघि बढ्न आग्रह गर्नुभएको छ ।