सिन्धुली– मंगलबार विपी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीका एक युवाको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी गाउँपालिका ७ मझुवा का मिलन मग्रातीको मृत्यु भएको छ भने उनका दाजु घाइते भएका छन् ।
काठमाडौँबाट सिन्धुलीतर्फ आँउदै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल मंगलबार बिहान डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक १९ वर्षीय मग्रातीको मृत्यु भएको हो । मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मग्राती घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।