सिन्धुली– आइतबार सिन्धुलीमा दुईजना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको कमलामाई नगरपालिका ६ का पुरषहरुमा कोरोना संक्रमण देखिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई पुगेको छ । ५० र ३५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । देशव्यापी रुपमा कोरोना बढेसँगै सिन्धुलीमा पनि एक सातादेखि दैनिक १०/१५ जनाको कोरोना परिक्षण गरिदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित दुवैजना होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालले जानकारी दिएको छ । झण्डै १० महिनापछि सिन्धुलीमा कोरोना संक्रमित फेला परेका हुन् ।
हालसम्म सिन्धुलीमा ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा २९ जना पुरुष र १६ जना महिला रहेका छन् । त्यस्तै, जिल्लमा हालसम्म तीन हजार आठ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।