सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका –३ चपौलिका सागर कुमार कार्कीले म्यानपावरको नाममा ठगि धन्दा संचालन गरेको पाईएको छ । काठमाडौँको सिनामंगल स्थित डि स्क्वायर्ड म्यानपावर(D Squared Company Group Pvt Ltd) कम्पनिको प्रबन्ध निर्देशक समेत रहेका कार्कीले दुबई पठाइदिन्छु भन्दै पैसा लिएर फरार रहेको पिडितले बताएका छन् ।
कार्कीले दुबईको फस्र्ट गार्ड सेक्युरिटि सर्भिसेस (First Guard Security Services) कम्पनिमा काम दिलाउने भन्दै पैसा असुल्ने गरेको पिडितले बताएका छन् । उनले विदेश पठाइदिन्छु भन्दै जनहि दुई देखि साढे दुई लाख असुल्ने गरेको पिडितले गुनासो गरेका छन् । दुबईको कम्पनिले पठाएको प्रस्ताव पत्र (अफर लेटर) भन्दै कार्कीले वैदेशिक रोजगारीकालागि पैसा बुझाउने युवाहरुलाई नक्कली पत्र दिई फरार हुने गरेका छन् । पैसा लिएपछि कार्की फरार हुने गरेको र घट्ना मत्थर भएपछि पुनः सोहि धन्दामा फर्किने गरेको पिडित पक्षले बताएका छन् । वैदेशिक रोजगारीको प्रलोभन देखाएर युवा ठग्ने म्यानपावरविरुद्ध पिडितले वैदेशिक रोजगार विभागमा उजुरि दिएका छन् । उजुरिपश्चात् वैशाख ६ मै कार्की विरुद्ध पक्राउ पुर्जि जारी गरिएको थियो । तर, तिन महिना हुन लाग्दा पनि कार्की पक्राउ नपरेकोमा पिडितले प्रहरीप्रति शंका व्यक्त गरेका छन् । प्रहरीको मौनताले आफूहरुलाई थप पिडा थपिएको पिडित पक्षले बताएका छन् । कार्कीको खोजि गर्दै सिन्धुलीसम्म पुगेपनि फेला नपरेको पिडितले गुनासो गरेका छन् ।
यता, संचालक देवि माया थापासँग पिडितले आफूहरु ठगिएको बताउँदा कार्कीलाई आफूले नचिनेको भन्दै पन्छिने गरेकि छिन् । ठगिएका युवाहरुले पैसा फिर्ता माग्दा पैसा असुल्ने यस कम्पनिको कोहि पनि होइन भन्दै थापा झर्किने गरेको पिडित युवाहरुले बताएका छन् । तर, कार्कीले सोहि म्यानपावरमा बसेर ठगि धन्दा चलाइरहेका छन् । कार्कीले सोहि म्यानपावरमा बसेर विदेश पठाइदिने भन्दै ठग्ने र संचालक थापा सो विषयमा जानकार नहुनु शंकास्पद देखिन्छ । पैसा ठगिमा संचालिका थापाको पनि संलग्नता रहेको पिडितले बताएका छन् । म्यानपावरको पुर्वकर्मचारीले भने थापा र कार्की व्यवसायिक साझेदार रहेको बताएकि छिन । उनले थापाले कार्कीलाई नचिनेको भन्नु नाटक रहेको बताएकि छिन् । सिन्धुलीको कार्कीको ठगि धन्दा बारेमा भिडियो हेर्न ४८:१० देखि हेर्नुहोला ।