सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिकाले पाच सय ५० जनाको निशुल्क बिमा गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका विपन्न, दलित, अल्पसंख्यक, सिमान्तकृत लगायतको स्वास्थ्य बिमा गर्ने कार्यक्रम राखे अनुसार निशुल्क स्वास्थ्य बिमाकोलागि वडालाई लाभग्राही पहिचान गरि नामावलि पठाउन निर्देशन दिएको छ ।
गाउँपालिकाले वडाबाट सिफारिश भएकाहरुको बिमा गर्ने प्रमुख प्रशासकिय अधिकृत माधव कुमार अधिकारीले जानकारी दिनुभयो । गाउँसभाले प्रति लाभग्राही परिवार ३५ सय रुपैँयाको दरले बिमा गर्ने कार्यक्रम रहेको अधिकारीले बताउनुभयो ।
गाउँपालिका अन्तर्गत वडा नं १ बाट ९० परिवार, २ बाट ७० परिवार, ३ बाट ६५ परिवार, ४ बाट ९० परिवार, ५ बाट ७५ परिवार, ६ बाट १०० परिवार र ७ बाट ६० परिवार पहिचान गरि गाउँपालिकाले वडालाई नामावलि पठाउन निर्देशन दिएको हो ।