शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको दिवस सुनुवारको उपचारका लागि सहयोग जुटाउदै साथी

बिहिवार , आषाढ ३०, २०७९

सिन्धुली – कमलामाई नगरपालिका २ चियाबारीका सविग्य अधिकारी साथीको उपचारका लागि सहयोग मागिरहनु भएको छ । सिद्धस्थली इंगलिस बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत सविग्य आफुसँगै पढ्ने एक साथीलाई ब्रेन ट्युमर भइ उपचारत रहेकाले आर्थिक सहयोग संकलन गरिरहनुभएको छ ।

“साथीको उपचारका लागि तपाईहरुले पनि केहि सहयोग गर्दिनुन । विगत ४ महिना देखि मेरो साथी जिवन र मृत्युको लडाइमा छ । आर्थिक अभाव भएकाले उसको उपचार नहुने स्थितिमा पुगिसकेको छ ,” उहाँले भन्नुभयो । आफुसँगै पढ्ने झण्डै १० जना साथी साथीलाई बचाउनका लागि सहयोग माग्न खटिरहेको उहाँले बताउनुभयो । “म सँगै मेरो कक्षाका झण्डै १० जना साथी सहयोग मागिरहेका छौँ । यहाँका विभिन्न स्कुल, क्याम्पसमा पुगेर आर्थिक सहयोग माग्ने गरेका छौँ । धेरैले सहयोग पनि गरिरहनुभएको छ ,” उहाँले भन्नुभयो ।

सिद्धस्थली इंगलिस बोर्डिङ स्कुलका कक्षा १० मा अध्ययनरत कमलामाई नगरपालिका ६ का दिवस सुनुवार विगत ४ महिना देखि नेपाल क्यान्सर सेन्टर ललितपुरमा किमाथेरापी सहित उपचारत हुनहुन्छ । १७ वर्षिय सुनुवार बे्रन ट्युमर भएपछि न्यूरो अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालमा सर्जरी गर्दा बायोप्सि रिर्पोटमा क्यासन्र देखियो । त्यसपछि हाल किमाथेरापी सहित नेपाल क्यान्सर सेन्टर ललितपुरमा उपचारत रहनु भएको छ । उपचारको क्रममा लाखौँ खर्च भइसकेको सुनुवारको परिवारले बताएका छन् । किमोथेरापी प्रति पटकको ढेड लाख देखि दुइ लाख सम्म लाग्छ । हप्तामा ३ पटक सम्म किमोथेरापी गरिरहेको उहाँको परिवारले बताएका छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या पर्न थालेको सुनुवारको साथी सविग्यले बताउनुभयो । “धेरै पैसा खर्च भइसकेको छ । उसको परिवारको आर्थिक अवस्था पनि कमजोर छ ,” उहाँले भन्नुभयो ।

दिवस सुनुवार बचाउ अभियाननै सुरु गरेर साथीको उपचारका लागि लाखौँ रकम संकलन गर्न सफल भएको उहाँले बताउनुभयो । “हामीले विभिन्न स्कुल र क्याम्पसमा पुगेर केहि रकम संकलन गर्नसफल भयौँ । संकलन गरेको रकम आफ्नो विद्यालयलाई दिने र विद्यालयले दिवसको खातामा पठाइ दिन्छन । शिक्षकहरुले साथ दिएका छन् । शिक्षकहरुले आफ्नो ठाउँबाट साथीको उपचारका लागि सहयोग गरेका छन् ,” उहाँले भन्नुभयो ।

साथीको उपचारका लागि हाल सम्म झण्डै दुइ लाख रकम संकलन गरिसकेको सविग्यले बताउनुभयो । दिवस सुनुवार बचाउ अभियानमा साथ दिन सम्पूर्णलाई उहाँले अनुरोध समेत गर्नुभयो । “तपाइको एक सहयोगले मेरो साथीलाई बचाउन सकिन्छ । कृपया जतिसक्नुहुन्छ त्यति सहयोग गरिदिनुहुन सबैलाई म अनुरोध गर्दछु । सेवा नै धर्म हो । त्यसैले मेरो साथीलाई सहयोग गर्दिनु होस् । तपाइको सहयोगले भोलि मेरो साथी निको भइ घर फर्किन सक्छ ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया