शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

फेसबुकमा छाडा बोल्ने सिन्धुलीका एक युवा पक्राउ

बुधवार , आषाढ २९, २०७९

सिन्धुली– सामाजिक संजाल फेसबुकमा अपशब्द प्रयाग गर्दै मेसेज गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजालमा चार जना नाबालिकाहरुको तस्वीर प्रयोग गरि नक्कली फेसबुक खाता खोल्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका ३ का विकाश भनिने राजेश बि.क.लाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिनुभयो । हाल काठमाडौँको कीर्तिपुर नगरपालिका ६, टौदहमा बस्दै आएका ३१ वर्षिया बिकासले नाबालिकाहरुको सार्वजनिक रुपमा चरित्र हत्या गरेको अर्यालले बताउनुभयो ।

बि.क.ले नाबालिकाको नक्कली फेसबुक बनाई सो फेसबुक खाताबाट पीडितको आफन्त तथा साथीभाईलाई अश्लील शब्द प्रयोग गर्दै मेसेज पठाएको प्रवक्ता अर्यालले बताउनुभयो । बि.क.ले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेकोले पक्राउ गरी अनुसन्धान भइरहेको अर्यालले जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया