सिन्धुली– नेकपा एमालेले ३०६ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ । पार्टीले अमृतकुमार बोहरालाई अध्यक्ष चयन गर्दै सात सदस्यीय सचिवालय सहित सल्लाहकार परिषद् गठन गरेको हो । प्रतिनिधिसभा सदस्य सिन्धुलीका गोमा देवकोटा परिषदको उपाध्यक्षमा चयन हुनुभएको छ । सचिवालयमा ज्ञानबहादुर भुजेल, डा. गोविन्द नेपाल, गोपाल शाक्य, टेकु नेपाली र गोविन्दप्रसाद कलौनी रहनुभएको छ । परिषदको सदस्यमा सिन्धुलीका अन्य चारजनाको नाम पनि अटाएको छ । शंकनाथ शर्मा, कमलप्रसाद दाहाल, केशव देवकोटा र भोजराज ढुंगेल सदस्यमा चयन भएको एमालेको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ ।