सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट १५ वर्षिया बालिकालाई जबर्जस्ती करणी गर्ने गोविन्द माझी पक्राउ परेका छन् । रामेछापको मन्थली नगरपालिका ६ का २८ वर्षिय माझीलाई बालिका जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । गत मंगलबार सिन्धुलीको ग्वालटारबाट माझीलाई पक्राउ गरिएको प्रहरीले बिहिबार जानकारी दिएको छ ।
रामेछापको मन्थली बसपार्क स्थित कृतिका थकाली एण्ड गेष्ट हाउसमा एक १५ वर्षीय बालिकामाथी जबर्जस्ती करणी गरेको आरोपमा उजुरी परेपछि माझीलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरिक्षक राजु प्रसाद ढकालले जानकारी दिनुभयो । यहि असार ५ गते बसपार्क स्थित कृतिका थकाली एण्ड गेष्ट हाउसमा बालिकालाई बिहे गर्छु भनि ललाइ फकाइ गरेर जबर्जस्ती करणी गरेको आरोपमा माझिलाइ पक्राउ गरिएको सुचना अधिकारी ढकालले जानकारी दिनुभयो ।