शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

बुधवार , आषाढ २२, २०७९

सिन्धुली, २२ असार– सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि-१ का अन्दाजी २९ वर्षीय बलबहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिराहाबाट भैसी लोड गरी काठमाडौँ जादै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया