शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिण गाउँपालिकामा नमुना खोर निमार्ण उपाहार कार्यक्रम

सोमवार , आषाढ २०, २०७९

सिन्धुली – मरिण गाउँपालिकाले कृषकहरुलाई नमुना खोर निमार्ण नगद उपहार प्रदान गरेएको छ । ‘भोका लाई एक छाक भोजन हैन जिउने जुक्ति सिकाऔ” भन्ने नाराका साथ मरिण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपालको व्यवस्थापनमा सञ्चालित सझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता विकास कार्यक्रम अन्र्तगत उक्त उपहार प्रदान गरेको हो ।

गाउँपालिका का अध्यक्ष विमर्श मुक्तान(प्रख्यात)को अध्यक्षतामा भएको कार्यक्रममा वडा न ३,४,६ र ७ का जम्मा ५३ जना कृषकहरुलाई नमुना खोर निमार्ण वापत नगद उपहार प्रदान गरेको थियो । उपहार प्रदान कार्यक्रम अन्र्तगत मरिण गा.पा ३ का १० जना, मरिण गा.पा ४ का १८ जना , मरिण गा.पा ६का १६ जना र मरिण गा.पा ७का ९ जना गरि जम्मा ५३ जना परियोजनाको विभिन्न समुहमा आवद्ध सदस्यहरुलाई उपहार दिएको छ । कृषकहरुलाई तिन समुहमा बिभाजनगरि ‘क’ समुहका प्रत्येक कृषकलाई १० हजार,‘ख’ समुहका प्रत्येक कृषकलाई १५ हजार, र ‘ग’ समुहका प्रत्येक कृषकलाई २० हजार प्रदान गरेको परियोजना संयोजक मिन वहादुर रायले जानकारी दिनु भयो ।

कार्यक्रमको उदेश्य भनेको पशुको आहार खानपान मा मात्र सुधार गरेर मात्र नहुने र जसरी मानिसको लागी आरामदायि वसाई व्यवस्थापन हुनु पर्ने त्यसै गरि पशुमा पनि राम्रो वसाई व्यवस्थापन भएमा उत्पादनमा वृद्धि हुने , सोचे अनुसार पशुमा तौलको वृद्धि हुने भएकोले पशु व्यवसायको लागी पहिलो सुधार गर्नु पर्ने खोर भएकोले गाउँपालिका र हेफरले लगानी गरेको परियोजना संयोजक रायले बताउनु भयो ।

कार्यक्रममा गाउपालिका प्रमुख प्रशासकिय अधिकृत ओम वहादुर दर्जी, समाजिक शाखा तथा परियोजना फोकल सुदिव केसी, मरिण गा.पा का लघु उद्यमि शाखा प्रमुख पवन सुवेदी , परियोजना संयोजक मिन वहादुर राय लगाएतको उपस्थिति रहको थियो ।

प्रतिक्रिया