शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

हत्या अभियोगमा सिन्धुलीमा एक जना पक्राउ

सोमवार , आषाढ २०, २०७९

सिन्धुली – कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन विकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका–३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङ रहेका छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका–६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबिच झै–झगडा हुँदा मायारानीले सुमन विकको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया