बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीको पालिका कर्मचारी टिकटकमा रमाएपछि....

सोमवार , आषाढ २०, २०७९

सिन्धुलीको दुधौली नगरपालिकाको वडा नम्बर ३ को कर्मचारीले सामाजिक संजालमा धेरै समय बिताउन थालेपछि जनप्रतिनिधि आक्रोशित बनेका छन् । नगरपालिकाको ३ नम्बर वडाका केहि कर्मचारी कार्यालय समयमा कार्यकक्षमै कर्मचारीको पोसाकमा टिकटक बनाएपछि वडाध्यक्ष भद्रा माझी आक्रोसित हुनुभएको हो । उहाँले यस्ता हर्कतहरु पुनः दोहोरिए कार्वाही हुने चेतावनि दिएको सिन्धुली सौगातलाई बताउनुभाये । उहाँले भन्नुभयो, ‘जनताको करबाट कर्मचारीको तलब दिने हो । तर, जनताकै सेवालाई बेवास्था गरि टिकटक बनाउने हो भने कार्वाही हुनेछ ।’ साथै, वडाध्यक्ष माझीले कर्मचारीहरुलाई कार्यालय सयमा अनावश्यक काममा समय व्यतित गर्ने भन्दा पनि आफ्नो क्षमता वृद्धि र नागरिकको सेवामा लागिपर्न सुझाव दिनुभयो । केहि समयअघि ३ नम्बर वडाका तीनजना महिला कर्मचारीले कार्यालय समयमै टिकटक बनाएको भन्दै विरोध भएको थियो ।

जिल्लाका स्थानिय तहमा कार्यरत करार कर्मचारीहरुलाई अनुशासन सिकाउनुपर्ने कमलामाई नगरपालिका ५ का हर्क कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यालय समयमा पार्टीको प्रचारप्रसारमा धेरै समय विताउने कर्मचारी पनि छन् । त्यस्ता कर्मचारीलाई सचेत गराइनुपर्छ ।’ स्थानिय तहको चुनावमा समेत फेसबुकमा नामनै परिवर्तन गरेर पार्टीको प्रचारप्रसारमा केहि पालिकाको कर्मचारी लगोको उहाँले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया