सिन्धुली – जिल्ला युवा समिती सिन्धुलीद्धारा आयोजीत एकदिवसीय प्रदेश युवा स्वयमसेवक तालीम शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
समापन कार्यक्रमलाई सम्वोधन गर्दै बागमती प्रदेश साँसद तथा नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्र्चाज लेखनाथ दाहाल (राजन)ले पछिल्लो समय सामाजीक सन्जालले गर्दा युवाहरुले सूचना प्रदान गरेको तर दिमागलाई निष्क्रिय बनाइदिएको बताउनु भयो । समाज रुपान्तरणको लागी युवा स्वयमसेवकको महत्वपुर्ण भुमिका हुने बताउँदै दाहालले आपद ,विपदमा परेकाहरुलाई उद्धार कार्यमा एकजुट भएर जुट्न पनि आग्रह गर्नुभयो ।
मानिससँग असिमित क्षमता छन् तर सदुपयोग नभएको तर्क ब्यक्त गर्नुहुँदै दाहालले सार्थक र सुन्दर जिवनयापनका लागी स्वयमसेवक बन्नु पर्ने उहाँको भनाई थियो । आफ्ना लागी सबैले गर्छन् तर अरुका लागी गर्ने ब्यक्तिले इतिहास रच्ने दाहालको बताउनु भयो। सुबिधा लिएर गरेको काम सेवा नुहने बताउँदै उहाँले युवाहरुको सिपलाई रोजगार सँग जोड्न आबश्यक रहेको बताउनु भयो ।
जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बिशाल थिङले समाज रुपान्तरणका लागी युवा स्वयमसेवकको भुमिकाको बिषयमा स्पष्ट पार्नुभएको थियो ।
त्यस्तै जिल्ला युवा समिती सिन्धुलीका अध्यक्ष कार्कीले युवाहरुलाई स्वरोजगार बनाउनका लागी जिल्ला युवा समितीले पहल गर्ने बताउनु भयो । युवाहरुको सिपको सम्मान गदैँ सीप लाई उत्पादन सँग जोड्न प्रयत्न गरिने पनि बताउनु भयो ।
तालिमको सहजिकरण प्रमुख प्रशिक्षक पवन पाख्रिनले गर्नुभएको थियो । उहाँले स्वयमसेवको उत्पति र नेपालमा स्वयमसेवकको काम कर्तव्यको बिषयमा स्पष्ट पार्नुभएको थियो । स्वयमसेवकको आवश्यकता,महत्व र उदेश्यमा पनि प्रामुख प्रशिक्षक पाख्रिनले प्रकाश पार्नुभएको थियो ।
तालिममा जिल्लाका ९ वटा पालिकाबाट युवाहरुको सक्रिय सहभागिता रहेको थियो । जिल्ला युवा समिती सिन्धुलीका अध्यक्ष हेम बहादुर कार्कीको अध्यक्षता तथा बागमती प्रदेश साँसद लेखनाथ दाहाल (राजन)को प्रमुख आतिथ्यतामा एकदिवसीय प्रदेश युवा स्वयमसेवक तालीम सम्पन्न भएको हो ।