शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

जनज्योति मा.वि फोश्रेटारले धान दिवस मनायो

बुधवार , आषाढ १५, २०७९

कमलामाई नगरपालिका ५ को जनज्योति माध्यमिक विद्यालय फोश्रेटारले धान दिवस मनाएको छ । बुधबार १९ औँ धान दिवसको अवसरमा विद्यालयका विद्यार्थी, जनप्रतिनिधि, शिक्षक साथै स्थानियले धान रोपेर दिवस मनाएका हुन् । विद्यालयले हरेक वर्ष धान दिवस मनाउदै आएको छ । कमलामाई नगरपालिकाको उपप्रमुख मन्जु देवकोटाको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । विद्यालय नजिकको कृषि क्षेत्रमा धान रोपि दहिचिउरा खाएर धान दिवस मनाएको कार्यक्रम संयोजक विवेक निरौलाले बताउनुभयो । विद्यालयले विगतका वर्ष देखिने धान दिवसको मनाउँदै आएको र विभिन्न प्रविधिबाट धान रोप्न सिकाउँदै आएको विद्यालयको पुर्व विद्यार्थी अनुप देवकोटाले बताउनुभयो । यसरी किताबि सँगै प्रयोगात्मक शिक्षालाई विद्यालयले प्राथमिकता दिएकाले दक्ष विद्यार्थी उत्पादनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया