सिन्धुली , १५ असार - तीनपाटन गाँउपालिका–७ पत्यानीमा चट्याङ्मा परि एक जना बृद्धको ज्यान गएको छ ।मङगलबार बेलुका परेको चट्याङमा परि ६० बर्षिय गोपाल तमाङको घट्नास्थलमा नै मृत्यु भएको वडा अध्यक्ष युवराज पहाडीले जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालयले भने उक्त चट्याङमा परि एक जना बृद्धको मृत्यु भएको र घट्नास्थलतर्फ बुधबार बिहान प्रहरी जाँदै गरेकोले बिस्तृत बिबरण आउन बाँकी रहेको जनाएको छ।
यो पनि पढनुहोस
पहिरो खसेर बीपी : पुष्पलाल मार्ग अवरुद्ध
सिन्धुली — पहिरो खसेपछि बीपी र पुष्पलाल लोकमार्ग बुधबार बिहानदेखि अवरुद्ध बनेको छ । सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत खनियाँखर्कनजिक पहिरो खसेर बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सोही स्थानमा खसेको पहिरोका कारण मंगलबार पनि यातायात अवरुद्ध भएको थियो ।
लगातार पानी परेर पहिरो झरिरहेकाले सफा गर्ने अवस्था नभएको सिन्धुली प्रहरीका डीएसपी मनोज लामाले बताए । पानी पर्न रोकिएपछि पहिरो सफा गरेर यातायात सञ्चालनमा ल्याउने उनको भनाइ छ ।
बीपी राजमार्गको दर्जनौँ स्थानमा पहिरो खस्ने सम्भावना भएकाले सजग भएर यात्रा गर्न उनले सुझाएका छन् । खहरेहरु बढेरसमेत बीपीको दुम्जा, नेपालथोकलगायतका स्थानमा यातायात अवरुद्ध भएको छ ।
यस्तैमध्ये पहाडी पुष्पलाल लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका ६ को अक्करेभीरको खसेको पहिरोले गर्दा यातायात पु:न अवरुद्ध भएको छ । अक्करेको पहिरो सफा गरेर मंगलबार साँझ यातायात सञ्चालनमा ल्याइएको थियो । अक्करेभीरको पहिरो हटाउन एक्स्काभेटरसमेत जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।