सिन्धुली, – कमलामाई नगरपालिकालेर नगर भित्र रहेका अपांगता भएका ब्यक्ति हरु लाई सहायक सामाग्री वितरण गरेको छ । कमलामाई नगरपालिकाको सहयोग तथा सिन्धुली अपाङ्ग महिला संघको आयोजनामा समुदायमा आधारित पुनःस्थापना सिबिआर कार्यक्रम अन्तरगत अपांगता भएका ब्यक्तिहरुका लागि आवश्यकता अनुसारको सहायक सामाग्री बितरण गरेको हो ।
अपांगता भएका ब्यक्तिहरुको दैनिकि जिवनमा सहजता प्रदान गर्ने उदेश्यले सामाग्री वितरण गरेको सिन्धुली अपांग महिला संघकी अध्यक्ष दिपा देवकोटाले जानकारी दिनुभयो । वितरण गरिएको सहायक सामाग्रीको सहयोगले अपांगता भएका ब्यक्तिहरु सक्षम र आत्मानिर्भर हुने देवकोटाले बताउनु भयो ।
उहाँका अनुसार अपांगता भएका ब्यक्ति हरुको लागि ह्वील चियर, बैशाखी, लौरो, सेतो छडि, क्याली फर लगायतका सहायक सामाग्री वितरण गरिको हो । सिन्धुली अपांग महिला संघले अपांगता भएका ब्यक्ति हरुको सहज जिवन यापनको लागि बिभिन्न कार्यक्रम हरु संचालन गर्दै आइरहेको छ ।