शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

श्रीमतीलाई करणी गरेको आरोपमा पत्रकार पक्राउ

आइतवार , आषाढ १२, २०७९

सोलुखुम्बु -सोलुखुम्बुमा वैवाहिक करणीको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । गोरखा घर भई सोलुखुम्बुमा पत्रकारिता गर्दै आएका पत्रकार वैवाहिक करणीको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ती पत्रकारमाथि पटक–पटक श्रीमतीलाई यातना दिएको तथा करणी गरेको आरोप लागेको प्रहरी नायब उपरीक्षक सुनीलजंग शाहले बताए ।

गत शुक्रबार सदरमुकाम सल्लेरीबाट पक्राउ परेका थिए । आज (आइतबार) जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाइएको छ । तर, आरोपितले भने झुटो आरोपमा फसाउन खोजिएको दाबी गरेका छन् ।

प्रतिक्रिया