सिन्धुली, – सिन्धुलीको मरिण गाउँपालिकाले विदुर पुरुष (एकल पुरुष) हरुलाई भत्ता दिने भएको छ ।गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० देखि पालिका भित्रका एकल पुरुषहरुलाई जिवन निर्भाह भत्ता उपलब्ध गराउन बजेट बिनियोजन गरेको छ ।
पालिका भित्रका एकल पुरुषहरुलाई भत्ता वितरणको लागि गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेटमा १२ लाख रुपैयाँ बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ले जानकारी दिनुभयो । “हामीले श्रावण महिना देखि एकल पुरुषहरुलाई पनि भत्ता दिने तयारी गरेर बजेट नै छुट्याएका छौं । पालिका भित्र रहेका एकल पुरुषहरुको तथ्यांक संकलन गरेर एकल पुरुषहरुलाई भत्ता वितरण गछौं,” उहाँले भन्नुभयो ।
अध्यक्ष मोक्तानले विदुर पुरुषहरुलाई मासिक २ हजारका दरले भत्ता दिईने बताउनुभयो । त्यस्तै गाउँपालिकाले ४० बर्ष सम्म बिबाह नगरी बसेका पुरुषहरुलाई पनि भत्ता दिन असार भित्रै कार्यविधि बनाउने अध्यक्ष मोक्तानले बताउनुभयो ।