काठमाडौं, – काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।बा.२ क ७२९३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०१७ प ०९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । जसबाट मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका–३ घर भई हाल काठमाडौं कंलकी बस्ने ४२ वर्षीय फडिन्द्रबहादुर कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।