सिन्धुली, –सिन्धुली जिल्लाको घ्याङलेख गाँउपालिकाका नब निर्बाचित अध्यक्ष जगतबहादुर भोलनले कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनु भएको छ ।
२०७४ सालको स्थानीय तह निर्बाचनमा समेत उक्त पालिकामा अध्यक्षमा निर्बाचित भोलनले पहिलेका आफ्ना अधुरा काम पुरा गर्न २०७९ बैशाख ३० गतेको स्थानीय तह निर्बाचनमा गाँउपालिकामा अध्यक्षमा पुन उठेर बिजय हासिल गरेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “निर्बाचनको बेलामा भोट माग्दा म फट्याई गफ गरेर बोलेर हिडिन । मैले यो काम गरी, त्यो काम गरी भनेर किन भट्याएर हिड्ने ? त्यहीका जनतालाई मैले के काम गरि, गरिन सबै थाहा छ ।”
“पहिले आफ गाँउपालिका अध्यक्षमा निर्बाचित हुदा पालिकामा राष्ट्रिय प्रशारण लाईनको विद्युत पुगेको थिएन, गाँउपालिका र विश्व बैंकको लगानीमा अहिले आधाभन्दा बढी विद्युतिकरण भई बत्ति बलि सकेको छ,’”उहाँले भन्नुभयो, “विद्युत, सडक, स्वास्थ्य, शिक्षामा गर्न बाँकी रहेको अधुरा काम यो कार्यकालमा पुरा गर्ने योजना बनाएको छ ।”
कृषि र पशुपालन नै घ्याङलेखमा रोजगारीको अबसर रहेको चर्चा गर्दै उहाँले पाटी र मान्छे हेरेर रोजगारी नदिने बताउनु भएको छ । उहाँले भन्नुभयो, “कुनै घरले दुःख धेरै पाएको छ, त्यस घर परिवारमा पढाई लेखाई भएका मानिस छन्, रोजगारी पाएका छैनन् भने त्यस्तो मानिसलाई पहिलो प्रथामिकता दिन्छौं । हामी पाटी र मान्छे हेरेर रोजगारी दिदैनौं ।”
गाँउपालिकाले भौतिक पुर्वाधार निर्माणलाई पनि जोड दिएको गाँउपालिका अध्यक्ष भोलनको भनाई छ । उहाँका अनुसार पाँच वटा वडा रहेको उक्त पालिकामा पहिले कुनै पनि वडाको कार्यालय सञ्चालन गर्न आफ्नो भवन थिएन । अहिले सबै वडाको आफ्नै पक्कि भवन निर्माण भई सकेको छ । गाँउपालिकाको कार्यालय भवन पनि ट्रष्टको निर्माण गरि सञ्चालनमा ल्याईएको थियो । अहिले नयाँ पक्कि भवन निर्माणका लागि टेण्डर प्रकृया सुरु भई सकेको छ । त्यस्तै स्वास्थ्यका भवन बनेका छन् । विद्यालय भवन बनेका छन् ।
गाँउपालिकालाई पर्यटक मार्फत समृद्ध बनाउन वडा नं. १ र २ को सिमानामा पर्ने फापरचुलीमा सात तलाको भ्युटावर एक करोड १७ लाख रुपियाको लागतमा निर्माण सुरु गरिएको गाँउपालिका अध्यक्ष भोलनले बताउनुभयो । उक्त भ्युटावर निर्माण गर्न ठेकेदारले लापर्बाही गरी ढिला सुस्ती गरेकाले खबरदारी गर्ने कार्य भई रहेको उहाँको भनाई छ ।