शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

आज सिन्धुलीका सबै स्थानिय तहहरुले बजेट ल्याउने

शुक्रवार , आषाढ १०, २०७९

सिन्धुली, – सिन्धुलीका स्थानियहरुले आज निति तथा कार्यक्रम र बजेट ल्याउने भएका छन् । जिल्लाका नौ स्थानिय तह मध्ये मरिण गाउँपालिकाले अस्ती ७ गते नै निति, कार्यक्रम र बजेट ल्याइसकेको छ भने सुनकोशी गाउँपालिकाले आज निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहिवार निति तथा कार्यक्रम सार्वजनिक गरेको सुनकोशी गाउँपालिकाले आज बजेट ल्याउने पालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो ।

यी बाहेक कमलामाई, दुधोली नगरपालिका, तिनपाटन, फिक्कल, गोलन्जोर, घ्याङलेख र हरिहरपुरगढी गाउँपालिकाले आज निति तथा कार्यक्रम र बजेट ल्याउन थालेका हुन् । दुधौली नगरपालिकाले आज निति तथा कार्यक्रम मात्रै ल्याउने र आगामी १५ गते बजेट ल्याउने तयारी गरिरहेको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले बताउनुभयो ।

संवैधानिक प्रावधान अनुसार यही असार १० गते अर्थात आज देशभरका ७५३ स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्नेछ । सोही प्रावधान अनुसार आज आगामी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट ल्याउन जुटेका हुन् ।

जिल्लाका स्थानिय तहहरुले स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई,कृषि लगाएतका बिषयहरुलाई प्राथमिकतामा राखेर निति, कार्यक्रम र बजेट ल्याईने जनाएका छन् ।

प्रतिक्रिया