सिन्धुली – सिन्धुली प्रहरीले जिउ मास्ने बेच्ने मुद्धामा आरोपित कसुरदारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली कमलामाई ५ हाल कमलामाई न.पा. ४ सातपत्रे बस्ने बर्ष अन्दाजी ३५ को जगत बहादुर योन्जन रहेका छन् ।
काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका वडा नं. ९ काँडाघारीमा लुकिछिपि बसिरहेको अबस्थामा प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले प्रहरी प्रभाग काँडाघारी सँग समन्वय गरी बुधवार योन्जन लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
योन्जनलाई सम्मानित सिन्धुली जिल्ला अदालतमा पेश गरी बिहिवार कैद भुक्तानको लागी कारागार कार्यालय सिन्धुलीमा चलान भएको प्रबक्ता प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाले बताउनु भयो । उनलाई सिन्धुली जिल्ला अदालतले १२ बर्ष कैद सँजाय तोकेको थियो ।