सिन्धुली, ९ जेठ सिन्धुलीको सुनकोशी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।आज पालिकामा आयोजित दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिकाले स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै वडा नं. ३ मा रहेको झागाझोली रातमाटा स्वास्थ्य चौकीको स्तरउन्नती गरी १५ शैय्याको अस्पताल निमार्णको लागि डिपिआर तयार भई स्वीकृतिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाईएको निति तथा कार्यक्रममा जनाइएको छ ।
निति तथा कार्यक्रम सार्वजनिक गर्दै अधयक्ष दाहालले गर्भवती महिलाको परिक्षण र पोषणा सामाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो । शिक्षा तर्फ गाउँपालिका भित्र एक आवासीय विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने उहाँले बताउनुभयो । विपन्न एवं जेहेनदार छात्रछात्राहरुलाई छात्रवृत्तिको व्यवस्था गरिने बताईएको छ ।
एक घर एक धारा नीति अन्तर्गत सुनकोशी गाउँपालिका भित्रका प्रत्येक घरपरिवारमा स्वच्छ ,सफा र पर्याप्त पिउने पानीको ब्यवस्थापनका लागि सुक्दै गएको पानीको मुहान संरक्षण योजना सहित सुनकोशी लिफ्ट खानेपानीको ब्यवस्था गरिने कार्यक्रममा उल्लेख छ ।
सुनकोशी गाउँपालिका भित्र लिफ्ट खानेपानी तथा लिफ्ट सिंचाईको विद्युत महसुलमा ७५% गाउँपालिकाले किसानहरुलाई राहत स्वरुप अनुदान उपलब्ध गराउँदै आएकोमा त्यसलाई बढाई १००% पु¥याइने निति तथा कार्यक्रममा जनाइएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई सर्वसुलभ बनाउन पायक पर्ने बैंक तथा वित्तीय संस्था मार्फत वितरण प्रणालीलाई व्यवस्थित गरिने बताईएको छ ।
सुनकोशी गाउँपालिका भित्र हुने महिला हिंसा तथा घरेलु हिंसा अन्त्यका लागि सचेतनामूलक कार्यक्रम संचालनका साथै सीप तथा व्यावसायिकता विकासका कार्यक्रम तर्फ उन्मुख गराई आर्थिक रुपमा आत्मनिर्भर हुने अवसर सिर्जना गरिने बताइएको छ ।
गाउँपालिकाले भोली आगामी आर्थिक बर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने