सिन्धुली – सिन्धुली कमलामाई न.पा.६ स्थित रहेको मुनामदन होटल एण्ड लज बाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीको टोलीले सिन्धुली तिनपाटन गा.पा. वडा नं. १ ट्याम्केटार बस्ने अं.बर्ष २२ को हरी बहादुर ठकुरी लाई गत शुक्रवार दिउँसो पक्राउ गरेको हो ।
लागुऔषध कारोबार हुदै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली मुनामदन होटल एण्ड लज को चौथो तल्लामा रहेको १६ नं.कोठागई खानतलासि गर्दा सोही कोठा बुक गरी बसेका ठकुरीको साथमा रहेको खैरो रङको साईडमा भिर्ने झोला भित्र निटजाकियर १० ट्याब्लेट लेखिएको २७० पत्तामा जम्मा २७०० ट्याब्लेट र इएएइ कम्पनिको सिमकार्ड सहितको मोबाईल थान १ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानएको छ ।
पक्राउ ठकुरीलाई सिन्धुली अदालतमा पेश गरी सात दिन म्याद थप गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाले बताउनु भयो ।