शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा पारस्परिक जबाफदेहिता परियोजना सकियो

बिहिवार , आषाढ ९, २०७९

सिन्धुली, – हुडाडेक नेपाल दोलखा द्धारा सिन्धुलीमा संचालित पारस्परिक जबाफदेहिता परियोजना आज बाट सकिएको छ । सन् २०१८ बाट सुरु भएको परियोजना बुधवारबाट सकिएको हो । बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै परियोजनाको समापन भएको घोषणा गरिएको छ ।

परियोजनाले सिन्धुली जिल्लामा सार्वजनिक सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनको लागि सक्रिय, क्रियासिल र जागरुप भएर नागरिक समाज तयार गरेको छ । परियोजनाले स्थानीय तह, रेडियो स्रोता समुह, सिर्जनशिला शाखा, नागरिक निगरानी संजाल, साझेदारी मञ्च जस्ता समुह र रेडियो कार्यक्रम मार्फत समुदायमा पैरबीको काम गरेको हुराडेक नेपाल दोलखाका कार्यक्रम संयोजक शेरबहादुर भुजेले बताउनु भयो ।

यस परियोजनाले सिन्धुली जिल्लामा ब्यबस्थित बद्शाला निर्माणको लागि पहल गर्ने,स्वाथ्य चौकीमा हुने औषधीको अभाब, कृषि शाखालाई निग्रानी गर्ने जस्ता बिभिन्न पारस्परिक जवाफदेहि परियोजनाले सिन्धुलीको गालन्जोर गाउँपालिका ,फिक्कलगाउँपालिका र कमलामाई नगरपालिका लाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रम सञ्चालनको अबधिमा त्रैमासिक रुपमा स्थानीय सभाको बैठक बसी नागरिकका स्वास्थ्य, शिक्षा, कृषि र विपद् ब्यवस्थापन जस्ता बिषयलाई मुख्य बिषय बनाई नागरिकका बिभिन्न सवालहरु उठान गर्ने तथा वडा स्तरका समस्या समाधानको लागि पहल गरेको छ । वडामा समाधान हुन नसकेका मुद्धाहरु पालिका स्तरको सञ्जाल साझेदारी मञ्चमा छलफल हुने गरेको र पालिका बाट समाधानको लागि पहल हुदै आएको छ ।

त्यस्तै परियोजनाले जनप्रतिनिधीहरुको सम्पत्ती विवरण सार्वजनिकीकरणमा निरन्तर पैरवी, समावेशी योजना तर्जुमाको लागि पैरवी, स्थानीय तहको बेरुजु सार्वजनिक गरि न्युनिकरणको लागि निरन्तर सहजिकरण गर्दै आएको छ । कोभिड १९ को बेला स्थानीय तहको आम्दानी खर्चको अध्यन तथा रिपोर्ट सार्वजनिक गर्नु पर्ने बिषय खबरदारी गर्दै सार्बजनिक गराएको थियो ।

कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका निवर्तमान नगर प्रमुख खड्ग बहादुर खत्रीले महालेखा परिक्षकले अनुगमन गर्दा इमान्दार पूर्वक निश्पक्ष ढंगले अनुगमन गर्नुपर्ने बताउनुभएको छ । साथै प्रत्येक महिनाको एक पटक सबै पालिकामा कहाँ कहाँ बेतिथि भयो अनुगमन गर्न जरुरी रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष तथा नागरिक निगरानी संजाल सिन्धुलीका सदस्य टिका जंग थापाले पारस्परिक जबाफदेहिता परियोजना सकिए पनि नागरिक निगरानी संजालले समाजमा भएका बेतिथी हरुको लागि निरन्तर पहल कदमी गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

युसएआइडी र एफएचआई को सहयोगमा हुडाडेक नेपाल दोलखा द्धारा सिन्धुली जिल्लामा पारस्परिक जबाफदेहिता परियोजना संचालन भएको थियो ।

प्रतिक्रिया