बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालका–५ रामटारमा विद्युती सबारी साधन रिचार्ज गर्न राखिएको १२० किलोवाट क्षमताको चार्जर
सिन्धुली, – पूर्वी नेपालको तराईको जिल्लालाई छोटो दुरिमा राजधानी काठमाडाँैसँग जोड्ने बीपी राजमार्गमा बाताबारण मैत्री विद्युतिय सबारी साधन बढ्दै गएका छन् ।
बीपी राजमार्गमा दैनिक चार हजारभन्दा बढी डिजेल र पेट्रोलबाट चल्ने हुने सबारी साधान सञ्चालन हुदै आएको र ती सबारी साधनबाट निस्किने धुवाले बाताबरण प्रदुषण बढ्दै गएपछि त्यसको बिकल्पमा विद्युतीय सबारी साधन सञ्चालनमा ल्याएको यातायात व्यवसायीले जनाएका छन् ।
यातायात व्यवसायीका अनुसार बीपी राजमार्गमा अहिले दिगो कम्पनीले १० सिटे क्षमताको ३० वटा र सुन्दर यातायात कम्पनिले १९ सिट क्षेमताको दुई वटा सार्बजनिक विद्युतिय सबारी साधन सञ्चालनमा ल्याएका छन् ।
कमलामाई नगरपालिका–६ निवासी टंक कार्की आफुले पनि आठ महिनादेखि चाहाना यातायात प्रालि अन्तर्गत दिगो कम्पनिको दु्ई वटा विद्युतिय सबारी साधन सञ्चालन गर्दै आएको बताउनुहुन्छ । डिजेल र पेट्रोलबाट सञ्चालन हुने सबारी साधनभन्दा विद्युतीय सबारी साधन बाताबरण मैत्री रहेको उहाँले सुनाउनुभयो ।
अन्य सबारी साधनको तुलनामा टुटफुट पनि कम हुने र ईन्धन पनि नचाहिने हुदौ पछिल्लो समयमा विद्युतिय सबारी साधनप्रति व्यवसायिको आकर्षण बढ्दै गएको व्यवसायिक कार्कीको भनाई छ ।
उहाँले भन्नुभयो, “सिन्धुलीमा विद्युतिय सबारी साधन ३२ वटा सञ्चालनमा छन् । विद्युतीय सबारी साधनको सङख्या बढ्दै गएको छ । सँगै समस्या पनि आई रहेको छ । दुई/दुई महिनामा क्राउन बिग्रिन्छ । नया क्राउन फेर्नु पर्दा डेढ लाख खर्च हुने हुदा डिजेल पेट्रोलभन्दा महँगो पर्न गएको छ ।”
विद्युतीय सबारी साधन मर्मतका लागि सामान (पार्टस)हरु नआएको र बिग्रियो भने कम्पनीले नयाँ गाडीको खोलेर हालि दिने गरेकाले खर्च बढेको उहाँको गुनासो छ ।

विद्युतीय सबारी साधन हाल कालोपत्रे (पिच) सडकमा मात्रै सञ्चालन हुदै आएको व्यवसायिले बताएका छन् । विद्युतीय सबारी साधनका अर्का व्यवसायि हरिकृष्ण बुढाथोकी अर्को गाडी जस्तो विद्युतिय सबारी साधन जाता पनि सञ्चालन नहुने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “यो गाडी अर्को गाडी जस्तो जतापनि कच्चि सडकमा जादैन । तेल बचत मात्रै हो । अर्को समस्या भनेको १६० किलो मिटर लामो बीपी राजमार्गको बीच पर्ने सुनकोसी गाँउपालिका–५ रामटारस्थित होटल मयुर सुनकोशी र सिन्धुलीमाढीस्थित रेड चिल्ली होटलमा मात्रै एउटा गाडी चार्जिङ प्वाईन्ट रहेकाले समस्या भएको छ ।”
गाडी किन्दा कम्पनिले नै एउटा सानो चार्जर दिएकोले त्यसैले घरमा नै चार्ज गर्न मिल्ने उहाँले सुनाउनुभयो । बीपी राजमार्गको बीच–बीचमा अरु चार÷पाँचवटा चार्ज गर्ने स्टेशन भई दिए व्यवसायिलाई सजिलो हुने व्यवसायि बुढाथोकिको सुझाब छ ।
सुनकोसी गाँउपालिका–५ रामटारमा बिगत एक बर्षदेखि विद्युतीय सबारी साधनका लागि रिचार्ज स्टेशन सञ्चालन गर्दै आउनु भएका व्यवसायि रामहरी पौडेल बीपी राजमार्गमा अहिले ३२ वटा विद्युतिय सबारी साधन सञ्चालन हुदै आएको भएपनि आफुले दैनिक बिहान गएको र बेलुका फर्किएका गरी ४१÷४२ वटा सबारी साधनमा रिचार्ज गर्दै आएको जानकारी दिनुहुन्छ ।
आफुले सबारी साधन रिचार्ज गरे बापत प्रति युनिट १५ रुपिया शुल्क लिने गरेको र यो डिजेल पेट्रोल भन्दा ९९ प्रतिशत खर्च कम भएको उहाँको दाबी छ ।
उहाँको अनुसार एउटा विद्युतीय सबारी साधन रिचार्ज गर्न आधा घण्टा समय लाग्दछ । उक्त रिचार्ज स्टेशनमा १२० किलोवाट क्षेमताको चार्जर जडान गरेको भएपनि अहिले ६० किलोवाट सञ्चालन गरी तीन वटा नोजलबाट एक पटका तीन वटासम्म सबारी साधन रिचार्ज हुदै आएको छ ।
दिगो कम्पनिको ५० प्रतिशत अनुदानमा १७ लाख रुपिया आफुले लगानी गरी उक्त चार्जर जडान गरेको व्यवसायि पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “६० किलोवाटमा पनि ३०÷३० किलोवाटको नोजल जडान गरेको छु । एकै पटक ६० किलो वटा क्षमताको नोजल जडान गर्न मिल्ने भएपनि अहिले सञ्चालनमा रहेको विद्युतीय सबारी साधनमा ४२ किलोवाट क्षमता भएकाले ३० किलोवाटको नोजल प्रयोग गर्नु परेको हो ।”