सिन्धुली, – जिल्ला स्तरिय सहकारी अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा बुधवार सम्पन्न भएको छ । बागमति प्रदेश सरकार भूमि ब्यवस्था सहकारी तथा गरिवीनिवारण मन्त्रालय प्रदेश सहकारी विकास बोर्ड हैटौडाको आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड सिन्धुलीको संयोजनमा जिल्ला स्थित सहकारी संचालकहरुको लागि कार्यक्रमको आयोजना गरिएको हो ।
सहकारी संस्थाको गति लाई प्रभावकारी बनाउन, सहकारीलाई सदृढ गराउन र जिल्ला स्तरिय सहकारीलाई प्रदेश स्तरिय सहकारी संग जोड्नको लागि कार्यक्रमको आयोजना गरिएको बागमति प्रदेशको सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण देवकोटाले बताउनु भयो ।

कार्यक्रमको अवसरमा वाग्मती प्रदेशका सहकारि मन्त्रि वलराम पौडेलले ग्रमीण भेगमा धेरै सहकारी हरु खुलेको तर गरिविको रेखा मुनी रहेका नागरिकको जिवन स्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका खेल्न नसकेको बताउनुभयो । सहकारी संचालकहरुले ब्यजस्थापकहरुलाई कुनै पनि दवाव नदिई काम गर्न दिए मात्रै सहकारी संस्था जनतामुखी हुने उहाँको भनाई थियो । बिद्यार्थी हरुको पाठ्यक्रममानै सहकारी शिक्षा लागु हुनुपर्ने उहाँले बकताउनु भयो । सहकारी संस्थाहरुलाई चलायमान बनाउनको लागि प्रदेश सरकारले सिप विकास तालिमहरुको आयोजना समेत गर्ने उहाँले बताउनु भयो ।

जिल्लामा अहिले ५ सय १९ वटा सहकारी संचालन रहेकोमा सबै भन्दा धेरै कमलामाई नगरपालिकामा र सबै भन्दा कम घ्याङलेख गाउँपालिकामा रहेको जिल्ला सहकारी संघकी उपाध्यक्ष बाल कुमारी श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा भएका सहकारीहरु प्रदेश तथा संघको पहुँचमा नभएको गुनासो आइरहेको बेला प्रदेशले यस्तो कार्यक्रम आयोजना गरिदिएको हार्दिक धन्यवाद समेत ब्यक्त गर्नुभएको छ । अहिले ९ वटै पालिकामा पालिका स्तरिय सहकारी सन्जाल गठन भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष बाल कुमारी श्रेष्ठको अध्यक्षता तथा वाग्मती प्रदेशका सहकारि मन्त्रि वलराम पौडेलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा जिल्लाका सहकारी संचालक हरुको उपस्थिती रहेको थियो ।